एप्पलले आइफोन एक्स सिरिजका तीन नयाँ मोडल यस वर्ष लन्च गर्ने भएको छ । कम्पनीले ओलेड स्क्रिन भएका ६.५ इञ्च, ५.८ इञ्च स्क्रिन साइजका तथा एलसीडी स्क्रिनसहित ६.१ इञ्च स्क्रिन साइजको आइफोन निकाल्न सक्छ । ६.१ इन्चको आइफोन डुअल सिम फिचरसहित आउनेछ । यो बजेट आइफोन हुन सक्ने बताइएको छ ।
एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन चीनमा मात्रै वितरण गर्ने बताइएको छ । यसअघि एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन एसियाली बजारलाई लक्ष्य गरी बनाउँदै छ भन्ने चर्चा थियो ।
एप्पलले आइफोन एक्स सिरिजका तीन नयाँ मोडल यस वर्ष लन्च गर्ने भएको छ । कम्पनीले ओलेड स्क्रिन भएका ६.५ इञ्च, ५.८ इञ्च स्क्रिन साइजका तथा एलसीडी स्क्रिनसहित ६.१ इञ्च स्क्रिन साइजको आइफोन निकाल्न सक्छ । ६.१ इन्चको आइफोन डुअल सिम फिचरसहित आउनेछ । यो बजेट आइफोन हुन सक्ने बताइएको छ ।
ताइवानको युनाइटेड डेली न्युजमा छापिएको एक रिपोर्टअनुसार, एप्पलको डुअल सिम स्मार्टफोन यस वर्ष आउने आइफोनमध्ये सबैभन्दा सस्तो हुनेछ । साथै यो केवल चीनमा मात्रै उपलब्ध गराइनेछ । हुन त, यो केवल मिडिया रिपोर्ट मात्र हो । यसबारे एप्पलका तर्फबाट अझैसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन ।
रिपोर्टमा भनिएको छ— नयाँ आइफोन मोडलमा ८०१, ८०२, ८०३ तथा ८०४ गरी चार ओटा कोड छन् । यसमध्ये ८०४ कोड आइफोनको डुअल सिमको हुन सक्छ । एउटा अर्को रिपोर्टमा भनिएको छ— एप्पलले आफ्नो डुअल सिम आइफोनबारे अझैसम्म कुनै जानकारी दिएको छैन । तर यससम्बन्धी प्रकाशन भएका समाचारहरुको विश्वास गर्ने हो भने यो फोन केवल चीनमा मात्र लन्च हुन सक्छ ।