गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायतका आकर्षण
गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिका वडा नं ६ स्वाँराका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिए ।
महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायतका आकर्षण रहने समाजसेवी गुरुङले जानकारी दिए ।
विसं २०६८ देखि स्वाँरा होमस्टे सञ्चालन गरिए पनि होमस्टेको उचित प्रचारप्रसार र यातायातको भरपर्दो व्यवस्था नहुँदा स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या कम हुँदै गएपछि स्वाँरा होमस्टेलाई प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।