सभामा देशभरका चार हजार अप्रेटर भेला हुने संघको भनाई छ । खास गरी डोजर, ब्याहकोलोडर जस्ता ठूला मेशिन चालकहरु आवद्ध संघले अनुमतिपत्र प्राप्तीमा रहेको असहजीकरण अन्त्यका लागि प्रदर्शन समेत गर्ने तयारी गरेको छ ।
नेपाल हेभी इक्वीपमेन्ट अप्रेटर संघको ११ औं साधारण सभा आगामी भदै सात गते हुने भएको छ । राजधानीमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
सभामा देशभरका चार हजार अप्रेटर भेला हुने संघको भनाई छ । खास गरी डोजर, ब्याहकोलोडर जस्ता ठूला मेशिन चालकहरु आवद्ध संघले अनुमतिपत्र प्राप्तीमा रहेको असहजीकरण अन्त्यका लागि प्रदर्शन समेत गर्ने तयारी गरेको छ । संघका केन्द्रीय संयोजक लोकमान खत्रीका अनुसार हाल देश भर ८ सय अप्रेटरले मात्रै अनुमती पत्र प्राप्त गरेका छन् । उनका अनुसार हाल देशभर २० हजार अप्रेटर सीप भएर पनि अनुमती पत्र प्राप्त गर्न सकेका छैनन् ।
यता अप्रेटर संघ काठमान्डौंका उपाध्यक्ष अमर विष्टले आफ्नो सीप र ज्ञानलाई सरकारले वेवास्था गरेको आरोप लगाए । ‘हामी काम गर्न सक्छौ, अनुमती देउभन्दा सरकारले हाम्रो सिपलाई नजर अन्दाज गर्यो’, उपाध्यक्ष बिष्टले भने,’साना सवारी दुई वर्ष चलाएको हुनुपर्ने, समय समयमा लाइसेन्स बितरण नगर्ने जस्ता कारणले अप्रेटर बन्न अत्यान्तै असहज छ ।’ हाल देशमा २० हजार हेभी मेसिन सन्चालनमा छन् । देश बिकासको महत्वपूर्ण अंग बनिसकेको ठुला मेसिनको चालक अनुमती पत्र लिन घूस खुवाउनु पर्ने वाध्यता रहेको कतिपय अप्रेटर बताउँछन् ।
त्यस्तै बिमा, सुरक्षा नहुनु, न्यून तलब तथा ट्राफिक प्रहरीले पनि दुख दिने गरेको दिने उनीहरुको गुनासो छ ।