भित्रियो टम्बो मोबाइल

टम्बो मोबाइल नेपाली बजारमा शङ्कराचार्य मोबाइल प्रालिले आधिकारिक रूपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोन बजारमा ल्याउनेछ । कम्पनीले हाल ६ मोडलका बार फोन र दुई मोडलका स्मार्टफोन ल्याउनेछ ।

नेपाली बजारमा नयाँ मोबाइल ब्रान्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्रान्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो । यी मोबाइल फोन अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।

टम्बो मोबाइल नेपाली बजारमा शङ्कराचार्य मोबाइल प्रालिले आधिकारिक रूपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोन बजारमा ल्याउनेछ । कम्पनीले हाल ६ मोडलका बार फोन र दुई मोडलका स्मार्टफोन ल्याउनेछ ।

कम्पनीले स्मार्टफोनमा टीए २ र टीए ३ नामक दुई फोन सार्वजनिक गर्ने तयारी गरेको छ, जुन सस्तो मूल्यमा आउनेछ । टम्बो ब्रान्डका फिचर फोन १ हजार रुपैयाँभन्दा माथिबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महङ्खवपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रिन रिप्लेसमेन्ट दिइनेछ ।

‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् । हामीले हाम्रा ग्राहकहरुलाई २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रिन रिप्लेसमेन्ट दिएका छौं । यस्तो अफर अन्य कुनै पनि ब्रान्डमा उपलब्ध छैन,’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधीर कुमारले भने ।

आगामी दिनमा पनि हामी ग्राहकहरुको रुचिअनुसारका टम्बो ब्रान्डका फोनहरु नेपालमा उपलब्ध गराउने उनको प्रतिबद्धता छ । यी फोनहरुमा फोरजी भीओएलटीई सपोर्ट छ भने वाईफाई, ब्लुटुथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर छन् । टम्बो मोबाइल फोनहरु आजैदेखि नेपालभरका रिटेलर तथा च्यानल पार्टनरहरुबाट खरिद गर्न सकिनेछ ।