नेपालभरि रेनोकोे एक्सचेन्ज कार्निभल मेला

अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाइल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि २०७५ साउन २२ गते देखि २९ गतेसम्म नेपालभरी रेनो क्याप्चर कार्निभल मेला सञ्चालन गरेको छ । अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध छ । अभियानले ग्राहकलाई तीनलाख बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागि फ्री सर्भिसिङ्ग, एक आर्थिक वर्षभरिका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मूल्याङ्कन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरेर आकर्षक उपहार जित्न पनि सक्ने छन् ।

रेनो क्याप्चर कार्निभल मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुका बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङका बारेमा जानकारी प्रदान गर्नेछ ।