ब्रान्डेड सामग्री बेच्दै आएको आरपी ग्रुपले थप नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याउने भएको छ । ग्रुपले बेल्जियममा निर्मित तथा उत्पादित एपी फुटवेयर एन्ड एसोसेरिज ब्रान्ड नेपाल भित्र्याउन लागेको हो ।
विश्व प्रख्यात ब्रान्ड अल्डोका सामग्री कम्पनीले एपी फुटवेयर एन्ड एसोसेरिज मार्फत नेपालमा बिक्री वितरण गर्ने भएको छ । कम्पनीले उक्त ब्रान्डको सोरुम ललितपुरको जावलाखेलस्थित स्टाण्डर्ड चार्टर्ड भएको भवनमा सञ्चालनमा ल्याएको छ ।
नेपालीहरु ब्रान्डेड सामानप्रति आकर्षित हुँदै गइरहेको बेला कम्पनीले नयाँ ब्रान्ड नेपालमा भित्र्याएको हो । ब्रान्डप्रति सचेत उपभोक्ताका लागि एपी फुटवयर एन्ड एसोसेरिज अति उपयोगी हुने कम्पनीले बताएको छ ।
एपीले विशेषगरी, छालाबाट निर्मित÷उत्पादित महिला तथा पुरुषका लागि जुत्ता चप्पल, ह्यान्ड ब्याग, ट्रली, लगेज, कम्प्यूटर व्याग, सिलिङ व्याग, बेल्ट पर्स जस्ता सामानको उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।