टेलिकमको २२ अर्ब लगानीमा महत्त्वकाङ्क्षी योजना

मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँच अाेटा बोलपत्र आह्वान भइसकेको भएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले २२ अर्ब रुपैयाँको लगानीमा महत्त्वकाङ्क्षी योजना सुरु गरेको छ । आर्थिक वर्ष २०७५।७६ का लागि २२ अर्ब रुपैयाँ बरारका पूर्वाधार विकास, इन्टरनेट सेवादेखि गुणस्तर अभिवृद्धिसम्म महत्त्वाकाङ्क्षी योजना अघि सारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनकारी दिइन् । सो योजनामध्ये केही महत्त्वकाङ्क्षी योजना आवको सुरुवातसँगै कार्यान्वयनमा आउन थालिसकेका छन् ।

पूर्वाधार विकास

मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँच अाेटा बोलपत्र आह्वान भइसकेको भएको टेलिकमले जनाएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा–धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिने बताएकी छन् । त्यस्तै पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइबर विस्तार कार्य चालू आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने योजनामा रहेको समेत उनको भनाइ छ ।

उनका अनुसार काठमाडौं–तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनि गरिने कार्यक्रम छ । प्रदेश १,२,३ बाहेकका क्षेत्रहरुमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूर्वाधार बिस्तार गर्ने टेलिकमको व्यापक योजना छ । शहरी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास गर्ने उद्देश्य लिई नेपाल सरकारका विभिन्न निकायहरूसँग थप सहकार्य गर्दै सेवाको पहुँच विस्तार गर्ने लक्ष्य रहेको टेलिकमको भनाई छ ।

वायरलेस सेवा

जीएसएम मोवाइल सेवामा चालू आर्थिक वर्ष २०७५।७६ मा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य राखेको प्रवक्ता बैद्यको तर्क छ । मोबाइल सेवाप्रति ग्राहकहरुको रुचीलाई ध्यानमा राखी प्रमुख शहरहरुमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ । मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित चालू आर्थिक वर्षमा थप बीटीएस जडान गरी सेवा विस्तारको कार्यलाई तीव्रता दिइने टेलिकमले जनाएको छ । मुलुकका सातै प्रदेशमा फोरजी सेवा बिस्तार गर्न बोलपत्र आव्हान भइसकेको जनाएको छ भने आर्थिक वर्षभित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा सञ्चालनमा ल्याइने बताएको छ । आधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त गर्ने लक्ष्य लिएको छ ।

चालू आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखेको छ ।

जिएसएम बिटीएस

चालू आवको दोस्रो त्रैमासिक भित्र कम्पनीको ५.२ एम जीएसएम आयोजना अन्तर्गत बाँकी रहेका बीटीएसहरु सञ्चालन गरिने जनाएको छ भने सवै प्रदेशहरुमा गरी थप १२० बीटीएस साइटहरू सञ्चालन टेलिकमले जनाएको छ ।

टावर निर्माण

कम्पनीको १० एम जीएम आयोजना अन्तर्गत बाँकी रहेका बीटीएसहरु तथा थप बीटीएसहरु सञ्चालन गर्न ९ एम रुफ टप टावर( आरटीटी,२० एम–५० एम ग्राउड वेस टावर खरिद तथा सञ्चालन प्रकृया अगाडि बढाएको छ भने थप बीटीएस साइटहरू सञ्चालनका लागि २०–३५ जिबीटी टावरहरु र आरटीटी टावरहरु बिस्तार गरिने टेलिकमले जनाएको छ ।

इन्टरनेट सेवा

दूरसञ्चार क्षेत्रको बजारमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि फोरजी सेवामार्फत वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रवद्र्धन गरिने टेलिकमको भनाई छ । शहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य शहरहरुमा तीन लाख क्षमताको फाइवर टु होम नेटवर्क विस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिने टेलिकमको योजना छ ।

आर्थिक वर्षभित्र विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधि मार्पmत न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइने मुख्य योजना छ ।

आर्थिक वर्ष २०७५।७६ मा नेपाल टेलिकमले माथि उल्लिखित कार्यक्रमहरु मार्पmत कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको लागि करिव २२ अर्ब पूँजीगत लगानी गर्ने योजना गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जनकारी दिइन् ।

गुणस्तर अभिबृद्धि

एकीकृत मर्मत इकाई(आईएमय)हरुको परिचालन गरी मर्मत संभार कार्य चुस्त गरिने र रोकथाम मर्मत सुधारलाई प्राथमिकता दिई गुणस्तर अभिबृद्धि टेलिकमको भनाई छ ।

एकद्वार ग्राहक सेवा प्रणाली बाट थप सेवा सुविधाहरु फोन इमेल एसएमएस , वयव च्याट मार्फत ग्राहकहरुको गुनासाहरु सम्बोधन गरी ग्राहक सेवामा सुधार गरिने बताएको छ ।

आर्थिक वर्ष २०७५।७६ मा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पु¥याउने कार्यक्रम रहेको छ । यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५।७६मा कम्पनीको सञ्चालन आय रू.४४ अबै २५ करार्ड पु¥याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय टेलिकमले जनाएको छ