चर्चित ब्रान्ड एङ्कर अब नेपालमा

चर्चित ब्रान्ड एङ्कर कन्जुमर इलेक्ट्रोनिक्सलाई पशुपति ट्रेड लिङ्कले नेपालमा भित्र्याएको छ । मुरारका अर्गनाइजेसन अन्तर्गतको भगिनी संस्था पशुपति ट्रेकलिङ्कले आधुनिक पोर्टेवल इलेक्ट्रोनिक्स सामान बेच्ने भएको हो । एङ्करका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुतुथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुतुथ स्पिकर नेपाली बजारमा उपलब्ध गराउने छ ।

यी सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारेन्टी सहित उपलब्ध रहेको छ । एङ्करको नेबुला मार्स प्रोजेक्टर ग्राहकको आकर्षण केन्द्रमा रहने छ । जसमा १० वाटको २ ओटा स्पिकर र १५० इन्चसम्मको तस्विर जुन १२८० वाइ ७२० को क्लिीयर रेजुलेशन हुनेछ ।

यो प्रोजेक्टर एन्डरोइड ७.१ मा चल्छ र यसमा बील्ड इन वाइफाइ र ब्लुतुथ रहेको छ, जसले गर्दा युट्युव र नेटफ्ीक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ । यसमा ८ जीवीको इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्टरनल आईओहरु एचडिएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ ।

यसमा १२५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ । पशुपती ट्रेड लिङ्कका मार्केटिङ मेनेजर धिरेन्द्र कुसवहाका अनुसार यो टेक्नलोजीको युगमा मानिसहरु लेटेष्ट टेक्नलोजीका इलेक्ट्रोनिक्स सामानहरु आफ्नो दैनिक जीवनमा प्रयोग गर्न चाहन्छन् । मोवाइल बाहेक पावर बैक तथा चार्जिङ्ग केवल पनि आफ्नो साथमा राख्ने गरिन्छ । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको छ । नेपालमा एङ्कर ब्राण्डको आज आधिकारिक रुपमा लन्च गरेको छ ।