आइएमई इन्स्योरेन्स र सीपी अस्पतालबीच नगदरहित सेवा सम्झौता

यस सम्झौतापछि आइएमई इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म सीपी अस्पतालले नगदरहित हस्पिटलाईजेसन सेवा दिने छ ।

आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल, कैलालीबीच आफ्ना ग्राहकलाई नगदरहित अन्तरङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । यस सम्झौतापछि आइएमई जनरलबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म सीपी अस्पतालले नगदरहित हस्पिटलाईजेसन सेवा दिने छ ।

सम्झौतापत्रमा आइएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र सीपी अस्पतालका प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरे ।