कुपन्डोलमा बम आतङ्क, सर्वसाधारण त्रसित (फोटोफिचर)

घटनाका विषयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना घटनास्थलमा पुगेका थिए । बम निस्तेज गर्न प्रहरीले एक घण्टा वरिपरिका बासिन्दालाई सडकमा आवतजावत गर्न र गाडी आवागमनमा समेत रोक लगाएको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका दिन कुपन्डोलमा बम फेला परेको छ । सडकबीचमै बम भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

घटनाका विषयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना घटनास्थलमा पुगेका थिए । बम निस्तेज गर्न प्रहरीले एक घण्टा वरिपरिका बासिन्दालाई सडकमा आवतजावत गर्न र गाडी आवागमनमा समेत रोक लगाएको थियो ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई जथाभावी चन्दा उठाएको भन्दै गत साउन २३ गते सरकारले पक्राउ गरेको थियो । कार्यकर्ता रिहाइ गर्न माग गर्दै नेकपाले विभिन्न चरणबद्ध कार्यक्रमअनुरुप मङ्गलबार नेपाल बन्दको घोषणा गरेको थियो ।