टुँडिखेलमा थामिएन कसैको मन (तस्बिरहरु)

मृतकलाई श्रद्धान्जली दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली लगाएत मन्त्रीहरु, सांसदहरु, विभिन्न दलका नेताहरु,सरकारी कर्मचारीहरु र सुभेच्छुकहरुको बाक्लो भिड रहेको छ ।

काठमाडौ । बुधबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाको शव टुडिखेलमा राखिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन टुडिखेलमा पुगेका आफ्न्त र सुभेच्छुकहरुको मन कसैको थामिएन ।

हेलिकप्टर दुर्घटनामा परेका सातै जनालाई सरकारले राष्ट्रिय सम्मान दिएको छ । मृतकलाई श्रद्धान्जली दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली लगाएत मन्त्रीहरु, सांसदहरु, विभिन्न दलका नेताहरु,सरकारी कर्मचारीहरु र सुभेच्छुकहरुको बाक्लो भिड रहेको छ ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।