गोरखा सङ्ग्रहालय : एउटा गर्विलो इतिहास

फराकिला बगैंचा, बाल उद्यान, पृथ्वीनारायण शाहको शालिक आदि ३ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको सङ्ग्रहालयका अन्य आकर्षण हुन् । सङ्ग्रहालयको सूचना केन्द्रबाट अन्य पर्यटकीयस्थल तथा सम्पदाबारे सूचना उपलब्ध गराइन्छ ।

राजधानी काठमाडौंबाट १ सय ५ किमि टाढा रहेको गोरखा आधुनिक नेपाल एकीकरणको सुरुवातको केन्द्रका रुपमा चिनिन्छ । विभिन्न प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण गोरखा पर्यटकीय दृष्टिकोणले निकै सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ ।

गोरखा सङ्ग्रहालयलाई विशेषगरी गोरखा राज्यको इतिहास र शाह वंशको परिचय तथा गोरखाको परम्परागत रीतिरिवाज तथा संस्कृति झल्काउने ठाउँका रुपमा लिइन्छ । यहाँ गोरखाका शाह राजाहरुको परिचयात्मक कक्ष, तैलचित्र कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुस्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष, कलात्मक भाँडाबर्तन कक्ष, लिच्छवी चैत्य कक्ष, धार्मिक बाजा कक्ष र विविध जाति तथा जनजातिहरुका आकर्षक पोसाकसहितका प्रदर्शन कक्षसमेत छन् । सङ्ग्रहालयको प्रवेशद्वारमा १८४९ सालमा निर्मित दुई ओटा सानदार तोप आकर्षक ढङ्गले प्रदर्शन गरिएको छ ।