नेपाल र भारतको संयुक्त लगानीमा केयर रेटिङ्स

नेपालमा निजी क्षेत्रबाट क्रेडिट रेटिङ्स एजेन्सीका रुपमा केयर रेटिङ्स नेपाल स्थापना भएको छ । साना तथा ठूला उद्योगको रेटिङ गर्ने उद्देश्यले यसको स्थापना भएको कम्पनीले बताएको छ । ठूला मात्रै नभइ साना उद्योगको रेटिङ आवश्यकता भएको र त्यसलाइ पूरा गर्न कम्पनी खोलिएको प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जानकारी दिए । नेपाल धितो पत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बिहीबार केयर रेटिङ्स नेपालको उद्घाटन गरेका हुन् ।

कम्पनीका अध्यक्ष एसवी मैनकले स्वतन्त्र रेटिङ् कमिटीले पारदर्शिता सुशासन र अनुपालना जस्ता पक्षलाई हेरेर रेटिङ गर्ने बताए ।
यो नेपालको दोस्रो क्रेडिट रेटिङ्स एजेन्सी हो । यस अघि एउटा स्थापना भइसकेको छ ।

केयर रेटिङ्स नेपाल नामक कम्पनी नेपाल र भारतको संयुक्त लगानीमा स्थापना भएको हो । यसमा भारतमा ५१ प्रतिशत र नेपालीको ४९ प्रतिशत लगानी रहेको छ ।

नेपालकातर्फबाट इमर्जिङ् नेपाल लिमिटेड, विशाल ग्रुप, नेपाल पुर्नबिमा कम्पनी, ग्लोबल आएमई, लाइफ इन्स्योरेन्स कर्पोरेसनको संयुक्त लगानी छ ।