काठमाडौंको कलङ्की चोकको धादीङ मण्डली बचत तथा सहकारी संस्थामा चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका आरोपीहरुले काठमाडौंका अन्य ८ सहकारीबाट पनि नगद चारी गरेका थिए ।
काठमाडौं प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्नलाई विहीबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट सहकारीबाट चोरिएका सेफ, पानी तान्ने पम्प, ट्याक्सी चोरीका लागि प्रयाग गरिने सामग्री बरामद गरेको छ ।
पक्राउ पर्नेमा धादिका ३५ वर्षीय सुरेश भन्ने डण्ड बहादुर परियार, चतवनका२४ वर्षीय कृष्ण थापा र सिन्धुलीका ३२ वर्षीय रामकाजी सुनुवार रहेका छन् ।