पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य बढेकाले त्यसकाे असर नेपालका परेकाे हाे  । इन्डियन अायल कर्पाेरेसन (अाइअाेसी)ले पठाएकाे मूल्य अनुसार समायाेजन गरेकाे हाे ।

निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ र हवाई इन्धनमा ४ रुपैयाँ मूल्य बढाएको हाे । आइतबार राति १२ बजे पछिबाट लागु हुने गरी कायम गरिएको नयाँ मूल्य अनुसार काठमाडाैं उपत्यकामा पेट्रोल प्रति लिटर १ सय ११, डिजेल र मट्टितेल ९५ ,हवाई इन्धन आन्तरिक १०४ रुपैयाँ ५० पैसा र अन्तराष्ट्रिय तर्फ १ हजार १२५ रुपैयाँ रहेको छ भने एलपी ग्यासको मुल्य यथावत राखिएको छ ।