कालीमाटीमा बजार अनुगमनमा अबरोध गर्ने पक्राउ

अनुगमन टोलीलाई थुनेपछि केही बेर कालिमाटी तरकारी बजार तनाबग्रस्त भएको थियो । अनुगमन टोलीले सुरक्षा माग गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली कालिमाटी पुगेको छ । चर्को मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको गुनासो आए पनि टोली सोमबार विहान ३ बजेनै अनुगमनको लागि कालिमाटी पुगेको थियो ।

प्रहरीले बजार अनुगमनमा अबरोध गर्ने कालीमाटीका व्यवसायी भरत खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजारमा गरिएको अनुगमनमा अबरोध सृजना गरेपछि खतिवडालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

अनुगमन टोलीलाई थुनेपछि केही बेर कालिमाटी तरकारी बजार तनाबग्रस्त भएको थियो । अनुगमन टोलीले सुरक्षा माग गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली कालिमाटी पुगेको छ । चर्को मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको गुनासो आए पनि टोली सोमबार विहान ३ बजेनै अनुगमनको लागि कालिमाटी पुगेको थियो ।

बजारमा मध्यरातमा छापा मारेको हो । तरकारी उत्पादन गर्ने किसानलाई न्यून मूल्य दिएर उपभोक्तालाई धेरै मूल्यमा तरकारी बेच्ने गरेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गरेको हो ।

बिलबिजक नखुलाई तरकारी ल्याएको, कहाँबाट कसले ल्याएको हो लगायतका विषय नखुलेपछि टोली विहाननै दुई ट्रक नियन्त्रणमा लिएको थियो । ना ४ च ६६३४ नम्बरको ट्रकका चालक सन्दिप दराईलाई नियन्त्रणमा लिएको हो । बा ६च ६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ फरार छन् ।