बुधबारदेखि बिहान ८ बजेसम्म मात्रै तरकारीको कारोबार हुने

आम उपभोक्तामा हुने असुविधालाई मध्यनजर गर्दै बिहान ८ बजेसम्म खुद्रा तथा थोक तरकारी बजारको कारोबार हुने र त्यसपछि बन्द गरिने महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले क्यापिटलनेपाललाई जानकारी दिए ।

आन्दोलनरत नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले बुधबारदेखि आंशिक रुपमा तकारीको कारोबार हुने जनाएको छ । आम उपभोक्तामा हुने असुविधालाई मध्यनजर गर्दै बिहान ८ बजेसम्म खुद्रा तथा थोक तरकारी बजारको कारोबार हुने र त्यसपछि बन्द गरिने महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले क्यापिटलनेपाललाई जानकारी दिए ।

उनले मन्त्रालयसँग कुनै सहमति नभएको र आन्दोलनका कार्यक्रमलाई कायम राख्दै आंशिक रुपमा कारोबार नरोक्ने निर्णय गरिएको बताए । ‘बिहान ८ बजेसम्म आंशिक रुपमा कारोबार रोक्नुहुन्न भनेर निर्णय गरेका छौँ,’ उनले भने, ‘सहमति भएको छैन । आन्दोलनलाई निरन्तरता दिन्छौँ ।’

उनले सरकारले बाध्य गराएको खण्डमा अझ सशक्त आन्दोलनका कार्यक्रम गर्ने समेत बताए ।