सोरुम उद्घाटन गर्दै राजदूत मोरिसले करिब सय वर्ष पुरानो कम्पनीको गाडी नेपालमा भित्रिएको बताए । नयाँ सोरुम सञ्चालनमा आएसँगै जीएस र जेडएस गाडी नेपाली बजारमा भित्रिएका छन् । एमजी कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो ।
बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोटर्सले नक्सालमा सोरुम खोलेको छ । सो नयाँ सोरुमको उद्घाटन नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले गरे ।
सोरुम उद्घाटन गर्दै राजदूत मोरिसले करिब सय वर्ष पुरानो कम्पनीको गाडी नेपालमा भित्रिएको बताए । नयाँ सोरुम सञ्चालनमा आएसँगै जीएस र जेडएस गाडी नेपाली बजारमा भित्रिएका छन् । एमजी कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो ।
अन्तर्राष्ट्रिय मोटर ब्रान्डले वर्चस्व जमाइरहेको नेपाली बजारमा एमजीको उपस्थितिले गाडी पारखीलाई उत्साहित बनाएको पारामाउन्ट मोटर्सका महाप्रवन्धक सचित अर्यालले बताए ।
अहिले रियल पार्किङ सेन्सर र क्यामेरा, डीएबी रेडियो र ब्लुटुथजडित एमजी जीएस गाडी सोरुममा राखिएका छन् ।