सामसुङ महा एक्सचेन्ज अफरमा जस्ता मोबाइललाई पनि हजार रुपैयाँ

मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले आयोजना गरेको एक्सचेन्ज मेलामा जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य हजार रुपैयाँ बाट सुरु हुने बताइएको छ ।

सामसुङ महा एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका मोबाइल फोन सामसुङका फोनसँग साट्ने अफर सार्वजनिक गरेको छ । मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले आयोजना गरेको एक्सचेन्ज मेलामा जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य हजार रुपैयाँ बाट सुरु हुने बताइएको छ ।

एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी दिने छ भने बिग्रिएमा घरबाटै पिकअप एन्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ । साथै कम्पनीले ग्लोबल, मेगा, सेन्चुरी, कुमारी, नबिल, एनआईसी एसिया, प्रभु बैङ्कसँग सहकार्यमा ती बैङ्कका क्रेडिट कार्ड होल्डरहरुलाई किस्ताबन्दीमा फोन उपलब्ध गराउँदै आएको छ ।