श्री एयरले नयाँ जहाज भित्र्याउँदै

मन्त्रालयले अनुमति दिएसँगै क्यानमा उडान अनुमतिको लागि निवेदन दिइएको छ । क्यानले अनुमति दिएलगत्तै नयाँ जहाज काठमाडौमा ल्याउँछाै । त्यो जहाज नयाँ गन्तव्यमा उडान हुन्छ । जनकपुर, पोखरा, तुम्लिङटार र सुर्खेत लगायतका क्षेत्रमा उडान गर्ने सोच छ ।

श्री एयरले नयाँ जहाज भित्र्याउने लागेको छ । क्यू ४०० बम्बार्डियर जहाज भित्र्याउन लागिएको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । क्यानेडियन कम्पनी बम्बार्डियर जहाजको ७८ सिट क्षमता छ । जहाज ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ ।

श्री एयरले उडान अनुमतिका लागि निवेदन दिइसकेको क्यानले बताएको छ । जहाज उडान अनुमति पाउन पाँच अाेटा प्रक्रिया पार गर्नुपर्छ । श्री एयरले बुझाएको कागजपत्र अध्ययन भइरहेको छ । छिट्टै उडान अनुमति पाउने क्यानले बताएको छ ।

मन्त्रालयले अनुमति दिएसँगै क्यानमा उडान अनुमतिको लागि निवेदन दिइएको कर्पोरेट म्यानेजर मानन्धरले जानकारी दिए । क्यानले अनुमति दिएलगतै नयाँ जहाज काठमाडौंमा ल्याइने बताए । त्यो जहाजले अहिले कम्पनीले सेवा दिइरहेकाभन्दा नयाँ गन्तव्यमा उडान गर्ने बताए । उनले जनकपुर, पोखरा, तुम्लिङटार र सुर्खेत लगायतका क्षेत्रमा उडान गर्ने सोचका साथ अघि बढिरहेको जानकारी दिएका छन् ।

हेलिकप्टरमा पायोनियर श्री एयरले यस अघि ३ ओटा नयाँ जहाज भित्र्याइसकेको छ । श्रीसँग हाल दुई ओटा सीआरजे–२०० सिरिजका र सीआरजे–७०० को एउटा विमान छ । ती जहाजले काठमाडौं विमानस्थललाई आधार बनाई माउन्टेन फ्लाइट गर्नुको साथै भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गरिरहेको छ ।