तरकारीको कारोबार नियमित हुन थाल्यो

त्यसपछि महासंघले मंगलबार प्रेस विज्ञप्तीमार्फत तरकारी कारोबार ठप्प पार्ने र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर, महासंघको आन्दोलन हात्तीले देखाउने दाँत जस्तै भएको छ । आंशिक बजार सञ्चालन गर्ने भनेपनि बुधबारदेखि नियमित कारोबार भएको तरकारी व्यापारीहरुले बताएका छन । सरकारले आक्रामण शैलीमा गिरफ्तार गरेपनि हामीहरुले आम उपभोक्ता र किसानलाई मर्कामा पर्ने गरी आन्दोलन गर्न नहुने ठहर गर्दै बजार नियमित गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष तृष्णप्रसाद संजेलले जानकारी दिए ।

मंगलबार कालीमाटी फलफुल तथा तरकारी बजार ठप्प पारेका तरकारी व्यवसायीहरुले बुधबारदेखि नियमित कारोबारमा फर्किएका छन । कालीमाटीका तरकारी व्यापारीहरुले अस्वभाविक मुल्य राखेको, बिचौलियाको चलखेल बढेको गुनासो आएपछि छापा मारेको थियो । कृषि विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले अनुगमन गर्दा बिना बिलबिजक विक्रि गर्न ल्याएका दुइ तरकारी ट्कलाई नियन्त्रणमा लिइएको थियो । त्यस्तै बिलबिजक नभइ सञ्चालन गरेको भन्दै नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका महासचिवलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि महासंघले मंगलबार प्रेस विज्ञप्तीमार्फत तरकारी कारोबार ठप्प पार्ने र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर, महासंघको आन्दोलन हात्तीले देखाउने दाँत जस्तै भएको छ । आंशिक बजार सञ्चालन गर्ने भनेपनि बुधबारदेखि नियमित कारोबार भएको तरकारी व्यापारीहरुले बताएका छन । सरकारले आक्रामण शैलीमा गिरफ्तार गरेपनि हामीहरुले आम उपभोक्ता र किसानलाई मर्कामा पर्ने गरी आन्दोलन गर्न नहुने ठहर गर्दै बजार नियमित गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष तृष्णप्रसाद संजेलले जानकारी दिए । उनले मंगलबार पनि तरकारीको कारोबार ठप्प गराउने गरी गरिएको आन्दोलन प्रति पछुतो भएको बताए ।

सरकारसँग कुनै पनि सहमति नभएको र बजार व्यवस्थित गराउने दायित्व महासंघको पनि भएकाले तरकारीको कारोबारमा कुनै रोक लगाउनुपर्ने आवश्यक नदेखेको उनको तर्क छ । उनले आन्दोलन नरोकिएको र चार पाँच दिन भित्र पृथक किसिमले महासंघले प्रस्तुत हुन सक्ने संकेत गरे ।