महोत्सवको १९औं संस्करणका लागि रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको छ ।
पर्यटकीय नगरी पोखरामा सडक महोत्सवको आयोजना हुँदै छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनमा यही पुस १३ देखि १७ गतेसम्म स्थानीय मुख्य पर्यटकीय स्थल सहिद चोकदेखि खहरे डिहीको पाटनसम्मको करिब तीन किलोमिटर क्षेत्रमा हुने भएको छ ।
१८ वर्षदेखि निरन्तर आयोजना भइरहेको यो महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामै अङ्ग्रेजी नयाँ वर्ष मनाउन आकर्षित गरिरहेको छ ।
सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, देशका सातै प्रदेशका लोपोन्मुख सांस्कृतिक झलक, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला, वृत्तचित्र तथा कृषिजन्य उत्पादनको प्रदर्शनी, बालउद्यान, निःशुल्क स्वास्थ्य परीक्षण महोत्सवका मुख्यमुख्य आकर्षणहरु हुन् । महोत्सवभरि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको लोक दोहोरी तथा लाइभ कन्सर्ट अर्को मुख्य आकर्षण हुनेछ ।
महोत्सवको १९औं संस्करणका लागि रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको छ । महोत्सव भव्य रुपमा सम्पन्न गर्न स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी, आमाका समूह, सञ्चारकर्मी, विभिन्न क्लब तथा सहयोगी दाताहरुको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । रेबान पोखराको आयोजनमा हुने यो महोत्सवलाई गोर्खा ब्रुअरी प्रालि र जावलाखेल ग्रुप अफ इन्टस्ट्रिजले मुख्य प्रायोजन गर्दै छन् भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने भएको छ ।