‘व्यापारी समात्न थाले राख्ने ठाउँ हुँदैन’– उद्योग मन्त्री यादव

अहिले सरकारले गरेको अनुगमन प्रचारात्मक भएको विहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । ‘एउटालाई ठोकेपछि अरु व्यापारी सुध्रिउन भन्ने हो,’ मन्त्री यादवले भने, ‘हामीले समात्न (पक्राउ गर्न) थाल्यौं भने राख्ने ठाउँनै हुँदैन ।’ मन्त्री यादवले बजारमा गुणस्तरहिन सामग्री बिक्री गरेकोतर्फ लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनलाई अझै कडाई गर्दै लैजाने बताएका छन् । बजारमा गुणस्तरहीन अखाद्य वस्तु रहेकाले कारबाहीको दायरामा ल्याउने प्रयास जारी रहेको बताए ।

अहिले सरकारले गरेको अनुगमन प्रचारात्मक भएको विहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । ‘एउटालाई ठोकेपछि अरु व्यापारी सुध्रिउन भन्ने हो,’ मन्त्री यादवले भने, ‘हामीले समात्न (पक्राउ गर्न) थाल्यौं भने राख्ने ठाउँनै हुँदैन ।’ मन्त्री यादवले बजारमा गुणस्तरहिन सामग्री बिक्री गरेकोतर्फ लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

कालिमाटीमा सुरु गरिएको अनुगमन प्रतिनिधिमूलक भएको उनले बताए । ‘तरकारी बजारमा भएका गडबडमा अनुगमन गरेका हौं,’ यादवले भने, ‘अनुगमनलाई निरन्तरता दिन्छौं ।’ मन्त्रालय अब एक्सनमा जाने बताए ।

कालीमाटी बजार अनुगमनमा तरकारी व्यापारी हडतालमा उत्रिएकोतर्फ लक्षित गर्दै यादले अब कोही हडतालमा उत्रिए छुट नहुने मन्त्री यादवले बताए । ‘पैसा तिरेर पनि पोइजन खानु परेको छ,’ उनले भने, ‘शुद्ध चिज खुवाउने अभियानमा छौं ।’

मन्त्रालयले उपभोक्ता हत हित संरक्षण गर्न तथा उपभोग्य वस्तुको गुणस्तर, सुपथ मूल्य र शुद्धताको सुनिश्चितता गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमार्फत नियमित बजार अनुगमन भएको जनाएको छ ।
बजारमा गैर कानुनी र अनियमित काम कारबाही गरी आम उपभोक्तालाई मर्कामा पार्नेलाई कानुन बमोजिम कारबाही गर्ने मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए ।