न्यूनतम लगानीमै सुरु गर्न सकिने बिजनेस आइडिया-२

जो व्यक्तिहरु परम्परागत १०–५ को कार्यशैलीको हिस्सा बनेका छन् र त्यसबाट सेवानिवृत्त हुने अवस्थामा पुगेका छन्, उनीहरुले अब अगाडि के गर्ने भनेर सोचिरहेका होलान् ।

अहिले हजारौं मानिस जागिर मात्र नभई घरमै बसेर सानो लगानीमै व्यवसाय गर्ने विचारमा छन् । औसतमा मान्छेले आफ्नो व्यावसायिक जीवनमा दुईतीन ओटा व्यवसायको अपेक्षा गर्न सक्छन् ।

एउट करिअर छोड्नेहरुले प्रायः आफ्नो दोस्रो या तेस्रो करिअरतिर पाइला चाल्न आफ्नो घरैबाट सुरु गर्नेबारे सोच्ने गर्छन् । जो व्यक्तिहरु परम्परागत १०–५ को कार्यशैलीको हिस्सा बनेका छन् र त्यसबाट सेवानिवृत्त हुने अवस्थामा पुगेका छन्, उनीहरुले अब अगाडि के गर्ने भनेर सोचिरहेका होलान् । राम्रो खबर, घरै बसेर गर्न सकिने व्यवसाय सुरू गर्नु लगभग ती सबैको पहुँचभित्र हुन्छ, जसले जोखिम लिन र कडा पश्रिम गर्न चाहन्छन् ।

सम्पादकीय सेवा
यहाँ केही सम्पादकीय सेवा दिइएका छन्, जुन तपाईंले घरै बसेर पनि गर्न सक्नुहुन्छ—

कपी एडिटिङ

कपी एडिटिङमा विशेषगरी तथ्यको जाँच गरिन्छ । यसमा व्याकरणिक अशुद्धि, टाइपोग्राफिकल त्रुटि आदिलाई मिहीन रुपले सच्याइन्छ ।

प्रुफरिडिङ

सबै काम सकिएपछि अन्त्यमा गरिने काम हो प्रुफरिडिङ । यसमा प्रतिलिपिमा परिवर्तन ठीकसँग गरिएका छन् र सम्पादनको प्रक्रियामा कुनै नयाँ त्रुटि भएका छैनन् भनी प्रुफरिडरले सुनिश्चित गर्छ ।

बुक डाक्टरिङ

कुनै विशेषज्ञद्वारा लेखिएको पाण्डुलिपिका लागि प्रदान गरिने सम्पादकीय सेवा हो यो । विशेषज्ञले जानेको–सकेको राम्रो पाण्डुलिपि बनाउँछन्, त्यसपछि उक्त पुस्तकको विषयवस्तु क्रमबद्ध शैलीमा मिलाएर प्रकाशनयोग्य बनाउने कामलाई बुक डाक्टरिङ भनिन्छ ।

घोस्ट राइटिङ

घोस्ट राइटिङ गर्दा तपाईं सम्बद्ध मानिसबारे गहन रुपमा अध्ययन एवम् शोध गर्नुहुन्छ । ऊबारेका विविध विषयवस्तुबारे अध्ययन गरेर प्रथम पुरुष शैलीमा पुस्तक लेख्नुहुन्छ । तर, उक्त पुस्तकबाट अरु कसैको नाम लेखकका रुपमा स्थापित हुन्छ । पछिल्लो समय नेपालमा पनि घोस्ट राइटिङ फस्टाएको छ ।

कपीराइटिङ

यसलाई व्यावसायिक लेखनका रूपमा पनि बुझिन्छ । यो लेखनमा कुनै उत्पादनका बारेमा प्रचार प्रसार तथा बजारीकरणका लागि बनाइने सामग्री पर्छ ।

पुस्तक लेखन

के तपाईंसँग कुनै व्यावसायिक सीप अथवा विशेषज्ञता छ ? जस्तै– एकाउन्टिङ, इन्टरिएर डेकोरेटिङ अथवा सिलाइ–बुनाइसम्बन्धी । छ भने यसबारेमा पुस्तक किन लेख्नुहुन्न ? लेख्नुहोस् र आफूलाई समाजमा लेखकका रुपमा स्थापित गर्नुहोस् ।

पत्रिकामा लेख रचना

कुनै एउटा पुस्तक प्रकाशन गर्नुअघि पत्रपत्रिका तथा न्युजपेपरमा लेख रचना लेख्नु अति लाभदायक हुन्छ । यसले आफूलाई पुस्तक प्रकाशनअघि नै प्रशस्त मात्रामा पाठकको सङ्ख्या बढाउन र आफ्नो पुस्तक बढीभन्दा बढी मानिससमक्ष पुग्न सघाउँछ ।

वेब पेज लेखन

कुनै वेबसाइटका लागि कन्टेन्ट लेख्नु आर्थिक रुपले राम्रै मानिन्छ । यसले तपाईंको लेखन क्षमता अझ बढ्ने र क्रिएटिभ राइटिङको स्किल बढाउन समेत मद्दत गर्दछ ।

इलेक्ट्रोनिक्स रिपेयरिङ
अनुभव, प्रशिक्षण अथवा लाइसेन्स आवश्यक हुन सक्छ

यो व्यवसाय कम्प्युटर मर्मत व्यवसाय जस्तै हो । यसमा केवल कम्प्युटरका अतिरिक्त अन्य इलेक्ट्रोनिक उपकरणहरुको पनि मर्मत गरिन्छ । ससाना इलेक्ट्रोनिक्स सामानका साथै ठुल्ठूला घरेलु प्रयोगका समान जस्तै फ्रिज, टेलिजिन, एयरकन्डिसन आदि मर्मत गर्नुपर्ने हुन्छ । यसका लागि पिकअप र डेलिभरीको सेवा दिनसके व्यवसाय अझ राम्रो हुन सक्छ ।

कम्प्युटर ट्रेनिङ
अनुभव, प्रशिक्षण अथवा लाइसेन्स आवश्यक हुन सक्छ

तपाईं एप्पल तथा पीसी दुवैमा दक्ष हुनुहुन्छ भने दुवै प्रकारका कम्प्युटरको तालिम दिनुपर्छ । तपाईं सम्भवतः वरिष्ठ नागरिकलाई घरबाहिर अथवा विदेशमा रहेका आफ्ना प्रियजनसँग सम्पर्क गर्न इन्टरनेटमा सामाजिक सञ्जाल चलाउन सिकाउन सक्नुहुन्छ । मान्छेहरु कम्प्युटरले केके काम गर्न सक्छ भनेर सबै विवरण जान्न चाहन्नन् । यदि बिट्स, बाइट्स तथा मेगापिक्सेल के हो भनेर बुझाउन थाल्नुभयो भने उनीहरु सधैं कापी कलमभन्दा माथि उठ्न सक्दैनन् ।

डेस्कटप पब्लिसर
अनुभव तथा प्रशिक्षण आवश्यक हुन सक्छ

तपाईं न्युजलेटर, पत्रपत्रिका, पुस्तक अथवा मार्केटिङका लागि आवश्यक पर्ने विभिन्न पम्पलेटहरु बनाउन डेस्कटप प्रकाशन सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्ना सेवाबारे जानकारी दिने सामग्री बनाएर प्रचार प्रसार गर्नुपर्ने पनि हुन सक्छ ।

ग्राफिक डिजाइनर
अनुभव, प्रशिक्षण आवश्यक हुन सक्छ

अहिले इन्टरनेटको युग भए पनि प्रिन्ट मिडियाको भविष्य अझै पनि उज्ज्वल छ । न्यूजलेटर, पत्रपत्रिका, पम्पलेट, पोस्टर, तथा प्रिन्ट विज्ञापनमा ग्राफिक डिजाइनरको राम्रै माग छ । यसैगरी वेबसाइट्स तथा अनलाइन विज्ञापनका लागि पनि ग्राफिक डिजाइनको सेवा आवश्यक पर्छ ।

वेबसाइट डेभलपर
अनुभव, प्रशिक्षण आवश्यक हुन सक्छ

वेबसाइट डेभलपरका कैयौं पाठ्यक्रम छन् । यीमध्ये पतिपय अनलाइनमै राखिएका छन्, जहाँ तपाईं वेबसाइट निर्माणको भाषा सिक्न सक्नुहुन्छ । साथै यसबारे अन्य विवरण जस्तै– सपिङ कार्ट सिस्टम, सुरक्षासम्बन्धी सेटअप कसरी गर्ने ज्ञान प्राप्त गर्न सक्नुहुन्छ । तपाईंले वेब डिजाइन बनाइदिने प्रत्येक कम्पनीका बारेमा जान्नु पर्ने आवश्यक हुन्छ । वेबसाइट डिजाइनमा तपाईंले प्रतिबिम्बित गर्ने डिजाइन, रङ तथा कन्टेन्टका बारेमा राम्रो ज्ञान हुनु आवश्यक हुन्छ ।

फोटोग्राफर
अनुभव, प्रशिक्षण आवश्यक हुन सक्छ

फोटोग्राफरका रुपमा पैसा कमाउन विभिन्न प्रकारका सेवा दिन सकिन्छ । तपाईं कुनै एउटा क्षेत्रको विशेषज्ञ बनेर सेवा दिन सक्नुहुन्छ । सबैभन्दा चल्तीको सेवा हो वैवाहिक फोटोग्राफी । अन्य सेवाहरुमा जन्मदिनको पार्टी, व्रतबन्ध, पोट्रेट, पारिवारिक जमघट तथा छुट्टीमा घुमघामका फोटोग्राफी पर्छन् । यस्तै चाडपर्वमा गरिने सांस्कृतिक कार्यक्रममा पनि फोटोग्राफी सेवा दिन सकिन्छ ।

इन्टरप्रेनर डटकमबाट साभार
यो लेखका केही अंश ‘५५ स्योरफायर होमबेस्ड बिजनेस यू क्यान स्टार्ट फर अन्डर ५००० डलर’ पुस्तकबाट लिइएको हो ।