अघिल्लो साता कालिमाटी तरकारी बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघिबढाएको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सोमबार विहान बल्खु तरकारी बजारमा पनि अनुमगन गरेको हो ।
विचौलियाले उच्च मुनाफा राखेर उपभोक्ता ठगेपछि सरकार तरकारी बजारप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । अघिल्लो साता कालिमाटी तरकारी बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघिबढाएको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सोमबार विहान बल्खु तरकारी बजारमा पनि अनुमगन गरेको हो ।
सोमबार बिहान झिसमिसे (४ बजे)मा बल्खु तरकारी बजार पुगेको अनुगमन टोलीलाई अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुका तरकारी व्यापारी रवि शाह हुन् । बल्खु तरकारी बजार निजी कम्पनीले सञ्चालन गरेको छ ।
विभिन्न जिल्लाबाट तरकारी ल्याइएका गाडीसँग बिल भए पनि मूल्य नतोकी तरकारी ल्याइएको भेटिएको उद्योग वाणिज्य तथा आपूर्ति विभागका अनुगमन अधिकृत दीपक पाख्रेलले बताए । तरकारीको मूल्य र बिलसहित विभागमा उपस्थित हुन निर्देशन दिएको पोख्रेलले बताए । बल्खु बजारमा यसअघि २०७३ असारमा अनुगमनमा पुगेको टोलीमाथि पनि व्यवसायीले हातपातको प्रयास गरेका थिए ।