निसान कम्पनीका सबै मोडलका गाडीमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।
पायोनिर मोटोकर्पबाट डाटसन र निसान कम्पनीका गाडी किन्दा मेगा बैङ्कबाट किस्तामा ऋण पाइने भएको छ । मेगासँग १० वर्षे सम्झौतामा गाडी किन्दा मासिक १२ हजार नौ सय ९९ रुपैयाँको किस्तामा ऋण पाइने भएको हो ।
निसान कम्पनीका सबै मोडलका गाडीमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।
सम्झौतापत्रमा मेगा बैङ्ककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले हस्ताक्षर गरे । सम्झौताअनुसार पायोनियर मोटोकर्पबाट गाडी किन्न चाहने ग्राहकलाई मेगा बैङ्कले सरल, सहज र सुलभ दरमा १० वर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।
प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र सात कार्य दिनमै कर्जा प्रवाह गरिने बैङ्कले जनाएको छ । यो सुविधा मेगा बैङ्कका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकलाई सस्तोमा गाडी लिन सहज हुने बैङ्कको विश्वास छ ।