एनसीसी र नेसनल बैङ्किङ इन्स्टिच्युटबीच सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क र नेसनल बैङ्किङ इन्स्टिच्युटबीच तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच भदौ १२ गते तालिम सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापछि एनबीआईले एनसीसी बैङ्कका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । सम्झौताअनुसार एनसीसी बैङ्कले आफ्ना कर्मचारीका लागि एनबीआईबाट न्यूनतम ५० लाख रुपैयाँबराबर रकमको वार्षिक तालिम सञ्चालन गराउनेछ ।

सम्झौतापत्रमा एनसीसीका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।