पुस १३ देखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी

’आत्मनिर्भरता को आधार, स्वदेशी वस्तुको प्रयोग’ मूल नाराका साथ आउँदो १३ गते जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी काठकाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
कूल १ सय ३५ ओटा स्टलमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्स तथा लेडिज चप्पल एवं उद्योगसँग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहने छन् ।

प्रदर्शनीको मुख्य उद्देश्य नेपालभर छरिएर रहेका उद्योगबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु उपभोक्ताले एउटै छानामुनि अवलोकन तथा छनोट गरी प्रतिस्पर्धी मूल्यमा किन्न पाउनु हो । जुत्ता चप्पल र वस्तुहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था छ । नयाँ डिजाईनका जुत्ताचप्पल तथा प्रदर्शनी हल भित्रै फेशन शो, निशुल्क स्वास्थ्य शिविर, रक्तदान, जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोेत्साहन र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने गर्छ । स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासको लागि पहिलो खुड्किलोका रुपमा प्रदर्शनी स्थापित भएको हो ।
प्रदर्शनीका गोल्डेन प्रयोजक गोल्ड स्टार र हात्ती छाप चप्पल हुन् भने सिल्भर स्पोन्सर कोसेली छाला जुत्ता उद्याग, केडी सुज, एक्सन पोलिमर प्रा.लि र लेदर क्राप्mट ,लालिगुराँस फुटवयर, यति पोलिकेम प्रालिले गरेका छन् ।