लामो रेसमा महिन्द्राको टीयूभी ३००

डुअल टोन इन्टेरियरमा समेत उपलब्ध टीयूभीको डिजाइन र लुक्सले कारमा नवप्रवेशी वा पहिला कुनै कार चलाइरहेकाहरु पनि सजिलै आकर्षित हुन्छन् । स्टाइलिस र बोल्ड टीयूभी ब्याटल ट्याङ्कको डिजाइनमा छ ।

नेपाली अटो बजारमा महिनाजसो एउटा नयाँ कार भित्रिने गर्दछ । स्थापित ब्रान्डहरुले आफ्नो नयाँ मोडल सार्वजनिक हुनेबित्तिकै घरेलु बजारमा चासो हुने गर्दछ । एउटै कुनै बेला छोटो समय त कुनै बेला लामो समय पनि बजारमा टिक्छन् । नेपाली बजारमा लामो रेसमा कुदिरहेको गाडी हो— महिन्द्राको टीयूभी ३०० ।

तीन वर्षअघि नेपाली बजारमा भित्रिएको टीयूभी ३०० ले नेपाली अटो पारखीहरुको मन जितिसकेको छ । तीन वर्षसम्म एउटै ग्राफमा बिक्री बढ्दै गएको टीयूभी ३०० को विशेषताले नै यसलाई बजारमा पछिल्लो पटक भित्रिएका अरु ब्रान्डका कारहरुसँग प्रतिस्पर्धी रुपमा टिकाइरहेको हो । नेपालमा अग्नि इन्कर्पाेरेटेड प्रालिले महिन्द्रा गाडीलाई आधिकारिक रुपमा बिक्री गर्दै आएको छ ।

डुअल टोन इन्टेरियरमा समेत उपलब्ध टीयूभीको डिजाइन र लुक्सले कारमा नवप्रवेशी वा पहिला कुनै कार चलाइरहेकाहरु पनि सजिलै आकर्षित हुन्छन् । स्टाइलिस र बोल्ड टीयूभी ब्याटल ट्याङ्कको डिजाइनमा छ ।

पारिवारिक कारका लागि यो सबैभन्दा उपयुक्त हो । सात जना अट्ने गाडीमा मस्कुलिन फ्रन्ट फेसिया, बोल्ड लाइन्स, चिजेल्ड सर्फेस, हाई ग्राउन्ड क्लियरेन्स तथा रियर–माउन्टेड स्पेयर ह्विलले एययूभीलाई पूर्णता दिएको छ ।

सिल्भर, ग्लोरी ह्वाइट, ब्ल्याक, म्याजेस्टी सिल्भर, रेड, ब्लुमा उपलब्ध गाडीमा १४९९ सीसी डिजल इन्जिन छ । गाडीले ३ हजार ७ सय ५० आरपीएममा ८४ बीएचपी पावर र १ हजार ५ सय आरपीएममा २ सय २० एनएम टर्क उत्सर्जन गर्छ । हाइवेमा १८ भन्दा बढी र काठमाडौंभित्र १३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । चक्रपथभित्रदेखि लिएर बाहिरको रफ बाटोमा समेत यो उपयोगी देखिएकाले नै ग्राहक आकर्षित भएको कम्पनीले जानकारी दिएको छ ।

तीन सिलिन्डर इन्जिनयुक्त टीयूभी ३०० मा १ सय ८४ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । गाडीमा ६० लिटर इन्धन क्षमता रहेको ट्याङ्की छ । सेन्ट्रल लकिङ सिस्टम, एबिएस, एयर ब्याग, पावर डोर लक, क्र्यास सेन्स, एयर कन्डिसनर, हिटर, रिमोट फ्युल लिड ओपनर, पावर विन्डो, इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, स्पिड सेन्सिङ डोर लकलगायत सुविधा यसमा छन् । गाडीमा ट्युबलेस स्पोर्टी टायर रहेको छ भने ५ स्पिड गियर बक्स रहेको छ । टु–डिन अडियोसहितको इन्फोटेन्मेन्ट सिस्टम, ब्लुुटुथ, स्टेयरिङ माउन्टेड अडियो तथा फोन कन्ट्रोल र स्पोर्टी ट्विन–पथ इन्स्ट्रुमेन्ट क्लस्टरका आधुनिक सुविधा पनि छन् ।

भारतीय बजारमा समेत लोकप्रिय यो गाडी नेपाली बजारमा समेत छोटो समयमै लोकप्रिय भएको कम्पनीको दाबी छ ।