विश्वका २.६ अर्ब अनलाइन गेमरलाई कनेक्ट गर्दै डिस्कोर्ड

विश्वमा ९० करोडभन्दा बडी मान्छेहरुले आफ्ना साथी अथवा अज्ञात व्यक्तिहरुसँग कुराकानी गर्न यसको उपयोग गर्छन्, चाहे त्यो फोर्टनाइट जस्तो अनलाइन गेम खेल्दा होस् वा क्रिप्टोकरेन्सीको नवीनतम प्रवृत्तिको चर्चा गर्दा । यस स्टार्टअपले हालै आफ्नो मूल्याङ्कन दोब्बर बनाउँदै १.६५ अर्ब डलर पुर्याएको छ ।

अधिकांश किशोरकिशोरीहरु बिहान ५ बजे उठ्नुपर्दा सायद झर्किन्छन् । स्टेनिस्लाभ विस्नेभ्स्की भने त्यस्ता छैनन् ।

वास्तवमा, उनले यसो गर्नुको कारण लोकप्रिय काल्पनिक फ्रेन्चाइजीबाट एउटा मल्टिप्लेयर अनलाइन रोल–प्लेइङ गेम, फाइनल फेन्टासी एक्सआईमा बढीभन्दा बढीसमय घोट्टिन सकून् । उनलाई यसको यति कुलत भयो कि हाई स्कूलबाट उनले लगभग ४० जनाको एउटा टिम बनाए जसले विश्वमा यो खेलको सर्वोच्च श्रेणीको टिम बन्न पर्याप्त अङ्क आर्जन गर्यो । त्यो केही हदसम्म उनले आफ्ना साथीहरुसँग राम्रो संवाद गर्न विकसित गरेका अनलाइन उपकरणका लागि धन्यवाद थियो ।

आज यी २९ वर्षीय युवा भिडियो तथा कम्प्युटर गेमका लागि साझा उत्साह हुने व्यक्तिहरुलाई जोड्ने आवाज, भिडियो तथा टेक्स्ट च्याट प्लेटफर्म सान फ्रान्सिस्कोस्थित डिस्कर्डका सीटीओ तथा सहसंस्थापक हुन् । विश्वमा ९० करोडभन्दा बडी मान्छेहरुले आफ्ना साथी अथवा अज्ञात व्यक्तिहरुसँग कुराकानी गर्न यसको उपयोग गर्छन्, चाहे त्यो फोर्टनाइट जस्तो अनलाइन गेम खेल्दा होस् वा क्रिप्टोकरेन्सीको नवीनतम प्रवृत्तिको चर्चा गर्दा । यस स्टार्टअपले हालै आफ्नो मूल्याङ्कन दोब्बर बनाउँदै १.६५ अर्ब डलर पुर्याएको छ ।

विस्नेभ्स्की भन्छन्, ‘पूरा जीवनभरि मैले सधैं वेबसाइट तथा एप्स बनाउन कोसिस गरें जसले सबैलाई एकआपसमा जोड्छन् ।’

आविष्कार गर्दै, सुरु गर्दै

सफलताको बाटो त्यति सजिलो हुन्न – यहाँसम्म कि फाइनल फेन्टासी एक्सवनका विश्वको दोस्रो घोषणा गरिएका खेलाडीलाई पनि । सत्य त के हो भने विस्नेभ्स्की तथा उनका सहसंस्थापक, सीईओ जेसन सिट्रोन, दुवैले २०१५ ताका डिस्कोर्डमा सहकार्य गर्नुभन्दा पहिला आविष्कार गरेका थिए ।
विस्नेभ्स्कीले आफ्नो फाइनल फेन्टासी टिमका लागि बनाएका सबै टुल्सलाई एउटा यस्तो सेवामा परिणत गरेका थिए जसलाई अरु गेमरहरुले प्रयोग गर्न सक्थे, तर गरेनन् । अर्कोतिर, सिट्रोन आफ्नो पहिलो उद्यमशीलताको प्रयासमा सफल थिए, यो गेमिङ बिजनेस उनले दस करोड चालीस लाख डलरमा जापानी फर्मलाई बेचे । विस्नेभ्स्कीको दोस्रो कम्पनी– जसमा उनले २०१३मा एउटा इन्जिनियरका रूपमा काम गरेर छोडेका थिए, –ले खासै राम्रो गर्न सकेन । त्यसको पहिलो प्रडक्ट फेट्स फरेभर भनिने मोबाइल गेम, वास्तवमा फ्लप भयो ।

त्यसकारण डिसेम्बर २०१४ मा, फेट्स फरेभर लन्च भएको कैयौं महिनापछि विस्नेभ्स्कीले भ्वाइस च्याट प्लेटफर्मका रूपमा सबै गेमरहरुलाई एकै ठाउँमा पुनः जोड्ने विचार गरे । उनले सिट्रोनको विचारमा सहमत भएर उनीहरुले जनवरी २०१५ मा यसमा काम सुरु गरे ।

जब त्यही वर्ष मे महिनाको अन्त्यमा डिस्कोर्ड लन्च गरियो, त्यसबेला वेब ब्राउजरमा अथवा एप डाउनलोड गरेर यसलाई प्रयोग गर्न सकिने क्षमता यसका मुख्य विशेषतामध्ये एउटा थियो । विस्नेभ्स्कीले राखेका हुनाले यो निकै ‘फेन्सी ऐप’ थियो । वास्तवमा, यसले गेमरहरुलाई आफ्नै निःशुल्क च्याट रूम (डिस्कोर्डले ‘सर्भर’ भन्छ) बनाउने क्षमता प्रदान गर्यो र गेम खेल्ने क्रममा विशाल कन्फ्रेन्स कल गर्ने सुविधा दियो ।

तैपनि, त्यतिबेला केवल २० जना मात्र साइन–अपमा थिए, र अधिकांश–यदि सबै नभए पनि–त आफूले चिनेका साथीहरु नै थिए । एक जना प्रयोगकर्ताले रेडडिटमा नयाँ सेवाका बारेमा पोस्ट गरेपछि यसको काया पलट भयो । जब थ्रेडले प्रतिक्रिया गर्न सुरु गर्यो, विस्नेभ्स्कीले डिस्कोर्डमा कुनै पनि प्रश्नको तुरुन्तै उत्तर दिने प्रस्ताव राखे । ‘त्यही दिन कम्पनीले छ सय नयाँ प्रयोगकर्ता जोड्यो,’ सहसंस्थापकले भने, ‘यति छिटो प्रगति भयो कि भाइरल जस्तो ।’

कुरा सस्तो छैन

आज, डिस्कोर्डले व्यापारमा १५ करोड डलरभन्दा बढी सम्पत्ति जोडेको छ । यो रकम सिलिकन भ्यालीमा भएका शीर्ष फर्महरु– बेन्चमार्क तथा ग्रेलकसहित, पछिल्ला स्टार्टअपका लागि सिट्रोनले जम्मा गरेको सम्पत्तिभन्दा बढी हो । यसकी प्रयोगकर्ता अचाक्ली वृद्धि भएका छन् । गएको गृष्म ऋतुमा यसमा साढे चार करोड रजिस्टर्ड प्रयोगकर्ता थिए; त्यो सङ्ख्या अहिले दोब्बर भइसकेको छ । कम्पनीमा अहिले सय जना कर्मचारी छन् ।

हुन त, तीन वर्षमा, डिस्कोर्डले अझै नाफा गर्ने बेला छ । त्यो छिटै हुनसक्छ । जनवरी २०१७ मा कम्पनीले डिस्कोर्ड नाइट्रो नामक एउटा सशुल्क सदस्यताको स्किम ल्यायो । मासिक पाँच डलरमा प्रयोगकर्तालाई केही डिजिटल गुडिज, जस्तै– कस्टम जिफ तथा ठूलो साइजको फाइल अपलोड गर्ने सुविधा प्राप्त हुन्छ ।

खासगरी जब यसलाई ‘गेमरहरुको जीवनमा एकीकृत’ गर्ने नयाँ तरिका प्राप्त हुन्छ, एपको लोकप्रियताको सिक्का बनाउन ‘अनेकौं सम्भावना’ प्राप्त हुने ग्रेलक तथा डिस्कोर्ड बोर्डका सदस्यमध्ये एक जोश एलम्यानको विश्वास छ ।

उनी भन्छन्, ‘अनलाइन गेम खेल्नु सामाजिक गतिविधि बनिरहेको छ,’ उनी थप्छन्, ‘पीसी गेमले मात्रै कमाएको ३० अर्ब डलरसहित विश्वमा गेमिङ उद्योगको बजार सय अर्ब डलरभन्दा बढीको छ ।

डिस्कोर्डका सहसंस्थापक स्टेनिस्लाभ विस्नेभ्स्की ।

संयमित रहनु, सकारात्मक रहनु

वास्तवमा, लोकप्रियतामा डिस्कोर्डको प्रगतिले नयाँ नयाँ चुनौती थपेको छ । गएको अगस्टमा न्युयोर्क टाइम्सको एउटा लेखले यसलाई ‘अल्ट(राइटको फेवरेट च्याट एप’ घोषणा गर्यो । कथाअनुसार प्रमुख ह्वाइट सुपरमेसी समूहले प्रदर्शन तथा र्याली व्यवस्थित गर्न डिस्कोर्ड प्रयोग गरे, जसमा भर्जिनियाका चार्लोट्सभिलेमा गरिएको एउटा प्रदर्शन पनि थियो, जसको परिणामस्वरूप एक जना ३२ वर्षीय नागरिक अधिकार कार्यकर्ताको मृत्यु भयो ।

त्यहाँदेखि डिस्कोर्डले आफ्नो नीति उल्लङ्घन गरेको भन्दै कैयौं सर्भरमाथि प्रतिबन्ध तथा बन्द गरिदिएको छ । यसले ग्राहक सहायता टिमका साथसाथै एउटा ट्रस्ट तथा सुरक्षा टिमलाई पनि व्यवस्थापन गर्छ, जुन प्रयोगकर्ताहरुको गुनासा हेर्न सातै दिन चौबीसै घण्टा उपलब्ध हुन्छ । बाई डिफाल्ट, डिस्कोर्डको सर्भर निजी हुन्छन्, जसको अर्थ हो मान्छहरुलाई संलग्न हुन आमन्त्रित गरिनु छ । पोस्टिङ विशेषाधिकारलाई सीमित या निषेध गर्न सक्नेसहित आफ्नो स्वयमको स्थान नियन्त्रण गर्न प्रयोगकर्ताहरु विभिन्न टूलसम्म पुग्न सक्छन् ।

हुन त कैयौं अनलाइन डाटाबेस पनि छन् जसले डिस्कोर्ड सर्भर (एउटाले त चौबीस सयभन्दा बढी लिस्टेड भएको दाबी गरेको छ)मा सामेल हुन लिङ्क तथा अफर दिएका छन् । सिट्रोन भन्छन्, ‘अधिकांश व्यक्तिले कुनै पनि (नराम्रा) सामग्रीको अनुभव लिँदैनन् ।’

यसका राम्रा पक्षमा, सायद यो एउटा राम्रो कुरा हो कि स्टार्टअपको जीवनमा सुरुमै समस्या देखिएका छन् । यसले अलि पुराना कम्पनी (जस्तै फेसबुक)को तुलनामा यस्ता समस्या समाधानका लागि परिवर्तन लागू गर्न यसका सहस)स्थापकहरुलाई बढी स्वतन्त्रता दिन्छ । यहाँसम्म कि आफ्ना नौ करोड प्रयोगकर्ताहरुसँग गेमिङ च्याटस्पेसमा डिस्कोर्ड अझै पनि एउटा सानो खेलाडी हो । विश्वभरिमा २.६ अर्बभन्दा बढी गेमर छन् ।

सहसंस्थापकहरु सकारात्मक पक्षमा ध्यान केन्द्रित गर्दै छन् । ‘हाम्रा जीवनका कैयौं राम्रा सम्बन्ध तथा अनुभव साथीहरुसँग खेलखेल्दा बनाइन्छन्,’ सिट्रोन भन्छन्, ‘बढीभन्दा बढी मानिसलाई तान्न सक्षम हुने हाम्रो कम्पनीको प्रकृति हो । हाम्रो पूरा लक्ष्य मानिसहरुलाई एकै ठाउँमा ल्याउनु हो ।’

inc.comमा प्रकाशित गौडालुप गोन्जालेजको रिपोर्टको अनौपचारिक अनुवाद ।