ब्राण्डेड साडीहरुमा ५० प्रतिशसम्म छुट

आरपी ग्रुपले महिलाहरुको आउँदै गरेको महान चाँड हरितालिका तजिको अवसरमा साडीको विभिन्न डिजाइनहरु (सिफन, सिल्क, इटालियन सिफन, जरजेड), कुर्ता, गाउन, टप्स, लेहेंगा लगायतका विभिन्न पोशाकहरुमा ५० प्रतिशतसम्मको छुटको अफर ल्याएको छ ।

ग्रुपले आफ्नो इन्द्रचोकस्थित आफ्नो जय अम्बे साडी सोरुमबाट यो छुट योजना ल्याएको हो । नेपाली बजारमा साडी लगायत महिलाहरुको पोशाक विक्री वितरण गर्दै आइरहेको तथा समय समयमा चाँड पर्व लगायत विभिन्न अवसरहरु पारेर आफ्ना ग्राहकहरुलाई ब्राण्डेड पोशाकहरुमा विभिन्न छुट योजनाहरु ल्याउँदै आईरहेको छ ।