केही समयअघि मात्र सार्वजनिक भएको टीभीएस आरटी आर अपाचे २०० र १६० आरटीआर फोर भीले पनि नेपाली युवाहरुको मन जितेको हुँदा आउँदो नाडा सोमा सार्वजनिक हुने अपाचे आरआर ३१० ले पनि नेपाली मोटरसाइकलप्रेमीलाई राम्रो प्रभाव पार्ने देखिन्छ ।
नेपाली मोटरसाइकल बजारमा ठूलो हिस्सा ओगट्दै आएको टीभीएस अपाचे नयाँ अवतारमा नाडा अटो सोमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आगामी नाडा अटो सोमा नयाँ विशेषताका साथ अपाचे आरआर ३१० सार्वजनिक गर्ने जानकारी दिएको छ ।
बजारमा विभिन्न कम्पनीका फरकफरक मोटरसाइकल भित्र्याउने क्रम चलिरहँदा जगदम्बाले अपाचेको उच्च पावर क्षमताको नयाँ भर्सन मोटरसाइकल सार्वजनिक गर्न लागेको अपाचे नक्साल सोरुमकी इन्चार्ज भवानी भण्डारीले जानकारी दिइन् । केही दिनअघि मात्र कम्पनीले टीभिएस अपाचे आरटीआर १६० सार्वजनिक गरेको थियो ।
केही समयअघि मात्र सार्वजनिक भएको टीभीएस आरटी आर अपाचे २०० र १६० आरटीआर फोर भीले पनि नेपाली युवाहरुको मन जितेको हुँदा आउँदो नाडा सोमा सार्वजनिक हुने अपाचे आरआर ३१० ले पनि नेपाली मोटरसाइकलप्रेमीलाई राम्रो प्रभाव पार्ने देखिन्छ ।
अपाचे आरआर ३१० का विशेषता
अपाचे आरआर ३१० हेर्दा जस्तो एग्रेसिभ देखिन्छ, यसको सिटिङ पोजिसन निकै आरामदायी छ । झट्ट हेर्दा यसको ह्यान्डल केही तल भए जस्तो देखिए पनि राइडर सिटको हाइटका कारण एकदमै सहज छ ।
अपाचे आरआर ३१० को राइडिङ पोजिसनमा धेरै झुक्नु नपर्ने तथा गियर तथा ब्रेकको पोजिसन बाइकको सेन्टरमा रहेको कारण रेगुलर प्रयोगका लागि उपयुक्त रहेको छ । अपाचे आरआर ३१०मा राइडरको सिटिङ पोजिनसका साथै रियर सिटिङ पोजिसन पनि आरमदायी छ ।
टीभीएस अपाचे आरआर ३१० अन्य मोटरसाइकलको तुलनामा फरक तर आकर्षक छ । मोटरसाइकलमा ३१२.२ सीसीको इन्जिन छ । त्यस्तै यस बाइकले प्रतिघण्टा ३१ किलोमिटरको माइलेज दिने कम्पनीले जानकारी दिएको छ ।
३४ पीएस ९७०० आरपीएम पावर भएको सो मोटरसाइकलमा ६ ओटा गियर छन् । ट्युबलेस टायर भएकाले जस्तोसुकै सडकमा पनि सामान्य तरिकाले गुड्न सक्छ । नेपाली बजारमा यसको मूल्य भने नाडा अटो सोमै सार्वजनिक गरिने सोरुम इन्चार्ज भण्डारीले बताइन् ।