नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको सयुंक्त आयोजनामा हुने कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ ।
नाडा अटोमोबाइल्स सो—२०१८ भदौ २६ देखि ३१ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको सयुंक्त आयोजनामा हुने कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ ।
सवारी साधन तथा अटो कम्पोनेन्ट्ससम्बन्धी जानकारी एकै थलोमा दिने र आधुनिक समयका अटोबाइल तथा प्राविधिक विकासको प्रचार प्रसार गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो । ६ दिनसम्म चल्ने सोमा एक सय ३४ स्टलमा विभिन्न ब्रान्डका सवारी साधन राखिने छन् ।
हरेक वर्ष गरिने सोमा यस वर्ष प्रवेश शुल्कमा हरेक दिन गोलाप्रथाबाट उपहार प्रदान गरिने छ । झन्डै ६० हजारभन्दा बढीले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएका छन् ।