हिरोको एक लाख नगद विजेता घोषणा

काठमाडौँ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दसैंतिहारको उपलक्ष्यमा ल्याएको योजनाको दोस्रो भाग्यशाली विजेता घोषणा गरेको छ ।

कम्पनीले दसैंतिहारमा ‘भाग्य मनी भए’ योजना ल्याएको थियो । यसअन्तर्गत बम्पर लक्की ड्रमा घनश्याम बुढा र पहलसिंह रास्कोटी मगरले एक—एक लाख रुपैयाँ नगद जितेका छन् । योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक हजारदेखि एक लाख रुपैयाँसम्म पाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहारस्वरुप एकजनाले एक लाख नगद पाउने कम्पनीले जानकारी दिएको छ ।