व्यवसायीले उत्पादक मिति, गुज्रिने मिति र मूल्य छोपेर नयाँ मूल्य टाँसेर सामान बेचिरहेका छन् । चोकचोक तथा गल्लीगल्लीमा खुलेका डिपार्टमेन्ट स्टोरले उद्योगले लगाएको एमआरपीलाई छोपेर नयाँ मूल्य लगाउने गरेको व्यवसायी आफै स्वीकार गर्छन् ।
उत्पादकले उल्लेख गरेको मूल्यलाई छोप्दै कृत्रिम मूल्य टाँसेर सामान बिक्री गर्ने काम अझै रोकिएन । कानुनको बर्खिलाप गर्दै डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटले कृत्रिम मूल्य टाँसेर धमाधम सामान बिक्री गरिरहेका छन् ।
उपभोक्ता संरक्षण ऐनमा उत्पादकबाहेकले मूल्य राख्न नपाइने प्रस्ट व्यवस्था गरेको छ । तर, सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरले उत्पादकले राखेको मूल्यलाई छोप्दै नयाँ मूल्य राखेर सामान बेच्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘खुद्रा बिक्रेताले कृत्रिम मूल्य राखेर सामान बेच्न नपाउने व्यवस्थालाई व्यवसायीले लत्याउँदै आएका छन्,’ उनले भने, ‘कानुन उल्लङ्घन गर्दा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मूकदर्शक बनेर बसेको छ ।’
विभागका महानिर्देशक योजेन्द्र गौचनले उत्पादकबाहेक अन्य कसैले पनि कृत्रिम मूल्य टाँस्न नपाउने बताए । ‘कानुनमा प्रस्ट रुपमा उल्लेख हुँदाहुँदै पनि कृत्रिम मूल्य टाँसेको पाइएको छ,’ उनले भने, ‘यसरी मूल्य टाँस्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गरिरहेको छ र गर्छ ।’
व्यवसायीले उत्पादक मिति, गुज्रिने मिति र मूल्य छोपेर नयाँ मूल्य टाँसेर सामान बेचिरहेका छन् । चोकचोक तथा गल्लीगल्लीमा खुलेका डिपार्टमेन्ट स्टोरले उद्योगले लगाएको एमआरपीलाई छोपेर नयाँ मूल्य लगाउने गरेको व्यवसायी आफै स्वीकार गर्छन् ।
‘यसरी नयाँ स्टिकर टाँसेर सामान बेच्नु सरासर कर छली हो,’ शर्माले भने, ‘उपभोक्ता संरक्षण ऐनले नै यस्तो कार्यलाई रोकेको छ ।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले नक्कली स्टिकर टाँसेर सामान बेच्नेमाथि तत्काल छानबिन हुने बताए । ‘नक्कली स्टिकर टाँस्नु नै कानुनविपरीत हो,’ उनले भने, ‘आवश्यक कारबाही अघि बढाउन विभागलाई निर्देशन दिन्छु ।’
अधिकतम खुद्रा मूल्य उपभोक्ताका लागि हो । त्यसमा उद्योगले ढुवानीसम्म जोडेर मूल्य निर्धारण गरेको हुन्छ । तर, डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटका मालिकले त्यसमाथि नयाँ मूल्य राखेर सामान बेचिरहेका छन् ।