सञ्चालनमा आयो बाजेको सेकुवा

सञ्चालकलाई सुन काण्डमा मुछेपछि सिल लगाइएको सेकुवा कर्नर खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि आइतबार गृहमन्त्रालयमा बसेको बैठकले सेकुवा कर्नरको सिल खोल्ने निर्णय गरेको थियो । तर सेकुवाका सञ्चालक चेतन भण्डारीलाई भने प्रहरीले रेडकर्नर जारी गरी खोजी गरिरहेको छ ।

३३ किलो सुन काण्डमा मुछिएपछि सरकारले दुई महिनाअघि सिल लगाएको बाजेको सेकुवा कर्नर सञ्चालनमा आएको छ । सुन छानबिन समितिले गत जेठ ३० गते सेकुवा कर्नरमा सिल लगाएको थियो ।

सञ्चालकलाई सुन काण्डमा मुछेपछि सिल लगाइएको सेकुवा कर्नर खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि आइतबार गृहमन्त्रालयमा बसेको बैठकले सेकुवा कर्नरको सिल खोल्ने निर्णय गरेको थियो । तर सेकुवाका सञ्चालक चेतन भण्डारीलाई भने प्रहरीले रेडकर्नर जारी गरी खोजी गरिरहेको छ ।

सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । बाजेको सेकुवाका काठमाडौंका बत्तीसपुतली, अनामनगर, गोंगबु, लगायतका ६ ओटा आउटलेटमा सिलबन्दी गरेको थियो ।

उपत्यकाभित्र मात्र १० ठाउँमा आउटलेट छन् । यस्तै केही समयअघि मात्र अमेरिकामा यसको आउटलेट खोलिएको छ भने चितवन, पोखरा र रुपन्देहीमा पनि यसका आउटलेट छन् ।