बजाजको पाकेट फुल अफर

बजाजले दसै–तिहार अफर सार्वजनिक गरेको छ । सार्वधिक विक्री हुने मोटरसाइकल ब्रान्ड बजाजले यसपालिको दसै–तिहारमा ग्राहकको पाकेट भर्न बजाज पाकेट फुल अफर ल्याएको हो । बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द हो ।

यो योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्रयाच कार्ड पाउनेछन् । जसको एउटा भागमा स्क्रयाच गर्ने ठाउँ हुनेछ । अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ ।

स्क्रयाच कुपनबाट तत्कालै ग्राहकले ६ हजार देखि एक लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । योजना अबधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरी एकजनाले पाकेटफुल गर्न सक्नेछन् ।