आईफोनको २०१९ संस्करणमा नहुने भयो यो फिचर !

२०१९ मा आउने नयाँ आईफोनसँग सम्बन्धित एउटा जानकारी भर्खरै प्रकाशित भएको छ । प्रसिद्ध विश्लेषक मिङ–ची कुओका अनुसार २०१९ मा आउने आईफोन्समा एउटा मुख्य फिचर हुने छैन ।

एप्पल १२ सेप्टेम्बरमा नयाँ आईफोन लन्च गर्ने तयारीमा छ, तर यसैबीच आगामी वर्ष लन्च हुनसक्ने मोडलका बारेमा केही जानकारी लिक भएका छन् । २०१९ मा आउने नयाँ आईफोनसँग सम्बन्धित एउटा जानकारी भर्खरै प्रकाशित भएको छ । प्रसिद्ध विश्लेषक मिङ–ची कुओका अनुसार २०१९ मा आउने आईफोन्समा एउटा मुख्य फिचर हुने छैन ।

विश्लेषक मिङ–ची कुओका अनुसार, एप्पलले नयाँ मोडलका फोनबाट इन–स्क्रीन फिङ्गरप्रिन्ट फिचर हटाउने तयारी गरिरहेको छ । अब उसको पूरा ध्यान फेस आईडी फिचरमा छ । यो फिचरको प्रयोगमा सकेसम्म वृद्धि गर्ने र अन्य एन्ड्र्वाइड एपबाट आफूलाई अलग बनाउन एप्पलले यो कदम चाल्दै छ ।

गत वर्ष ल्याएको आईफोन एक्सबाट एप्पलले फेसआईडी फिचर लन्च गरेको हो । अर्को साता लन्च हुने तीनै मोडलका आईफोमा पनि यो फिचर हुनेछ, जुन आईफोनबाट विस्तारै विस्तारै टचआईडी फिचर हटाउने सुरुआत हुनेछ ।