क्षेत्रीय होटल सङ्घ, (हान) धुलिखेलले ‘क्रिसमस डे’का अवसरमा अङ्ग्रेजी नयाँ वर्षका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ र आवासमा ३० प्रतिशत छुट दिने भएको छ ।
राजधानीको नजिकै अवस्थित पर्यटकीय गन्तव्य धुलिखेलका होटलले पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन् । क्षेत्रीय होटल सङ्घ, (हान) धुलिखेलले ‘क्रिसमस डे’का अवसरमा अङ्ग्रेजी नयाँ वर्षका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ र आवासमा ३० प्रतिशत छुट दिने भएको छ ।
‘आन्तरिक तथा बाह्य पर्यटकलाई सहुलियतमा धुलिखेलमा आवास र खाना उपलब्ध हुनेछ,’ क्षेत्रीय होटल सङ्घ, (हान)का अध्यक्ष तथा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजू (श्रेष्ठ)ले भने । आन्तरिक पर्यटकतर्फ दम्पतीका लागि १५ हजार रुपैयाँमा उपलब्ध हुने ‘कक्टेल डिनर’ अब ९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । बाह्य पर्यटकका लागि त्यसमा ३० प्रतिशत छुट दिइनेछ । एक हजार पाँच सय रुपैयाँमा पाइने खाना आठ सय रुपैयाँमै उपलब्ध हुने श्रेष्ठले जानकारी दिए ।
अङ्ग्रेजी नयाँ वर्षका लागि धुलिखेलमा विभिन्न कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ । पर्यटन सूचना केन्द्रमार्फत पर्यटकलाई आकर्षण गर्न सकिने माकाजुको भनाइ छ । क्षेत्रीय होटल सङ्घ, (हान) धुलिखेलसँग आबद्ध होटल धुलिखेलमा २५ र नगरकोटमा १० ओटा छन् ।