४५ लाख ८५ हजारको हार्ले डेभिडसन नेपाल भित्रियो, यस्तो छ हार्लेको इतिहास

आइएमई अटो मोटिभ्सले हार्ले डेभिडसनको आईरन ८८३ मोडल नेपालमा भित्राएको हो । आईरन ८८३ को घरेलु बजारमा ४५ लाख ८५ हजार मूल्य रहेको छ । नाडा अटो सोको अवसर पारेर सार्वजनिक गर्न लागिएको यो मोडलमा ८५ हजार छुट रहेको कम्पनीले जनाएको छ ।

११५ बर्षको इतिहास रहेको अमेरिकी मोटरसाइकल कम्पनी हार्ले डेभिडसन नेपाल भित्रिएको छ । हार्लेको नेपालमा मंगलबारदेखि बिक्री सुरु हुँदैछ । रेमिट्यान्स व्यवसायमा पायोनियर आइएमई गु्रपले विश्वप्रख्यात अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्राएको हो ।

गु्रप अन्तर्गतको आइएमई अटो मोटिभ्सले हार्ले डेभिडसनको आईरन ८८३ मोडल नेपालमा भित्राएको हो । आईरन ८८३ को घरेलु बजारमा ४५ लाख ८५ हजार मूल्य रहेको छ । नाडा अटो सोको अवसर पारेर सार्वजनिक गर्न लागिएको यो मोडलमा ८५ हजार छुट रहेको कम्पनीले जनाएको छ ।

आइएमई अटो मोटिभ्सका निमित्त प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले मंगलबारदेखि हार्लेको आइएरन ८८३ मोडल नेपाली बजारमा बिक्री शुभारम्भ हुने बताए । । नाडा अटो सोको अवसर पारेर हामीले नेपाली बजारमा हार्लेको एउटा मोडल सार्वजनिक गर्दै बिक्री सुरु गरेका छौं, ‘यो अवसरमा ८५ हजार छुट रहेको छ,’ उनले भने ।

कम्पनीले यसपछि अरु थप ४ मोडल पनि नेपाली बजारमा भित्राउने जनाएको छ । कम्पनीले ८० लाखसम्मको मोटरसाइकल नेपाली बजारमा भित्राउने योजना बनाएको छ । आइएमई अटो मोटिभ्सले अशोक लेल्याण्डका गाडी र अमेरिकी मोटरसाइकल यूएमलाई नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।

यस्तो छ हार्ले–डेभिडसनको इतिहास

हार्ले–डेभिडसन जसलाई सङ्क्षिप्तमा प्रायः एचडी अथवा हार्ले भनिन्छ । यो अमेरिकी मोटरसाइकल निर्माता कम्पनी बीसौं शताब्दीको पहिलो दशकका बेला मिलवोकी, विस्कोन्सिनमा स्थापना भएको हो । यो ती दुई ठूला अमेरिकी मोटरसाइकल निर्मातामध्ये एक हो जुन भयानक मन्दी र जापानी निर्माताहरुसँगको प्रतिस्पर्धामा पनि अस्तित्वमा रह्यो ।

कम्पनीले ७५० सीसीभन्दा माथिका मोटरसाइकल बनाएर बेच्छ । आधुनिक भीआरएससी मोडल बाहेक अहिलेको हार्ले–डेभिडसन मोटरसाइकलहरुले हार्ले डिजाइनको आदर्श शैलीलाई प्रतिबिम्बित गर्छन् ।

शुरूआत

१९०१ मा २१ वर्षीय विलियम एस हार्लेले एउटा ७.०७ घन इन्च र चार इन्चको प्mलाईव्हील्ससँग एउटा स्यानो इन्जिन बनाउने योजना बनाए । सामान्य साइकलमा प्रयोग गर्ने किसिमले इन्जिनको डिजाइन गरियो । दुई वर्षसम्म हार्ले र उनका बालापनका साथी आर्थर–डेभिडसनले खुब मेहनत गरे । आर्थरका भाई वाल्टर डेभिडसनको सहयोगले यो काम १९०३ मा सकियो । तर यो सारै महँगो हुने देखेर उनीहरुले यो काम रोके ।

दोस्रो पुस्ताको नयाँ र उन्नत मेसिनका लागि तुरुन्त काम सुरु गरे । यो पहिलो “असली“ हार्ले–डेभिडसन मोटरसाइकलमा २४।७४ घन इन्चको एउटा ठूलो इन्जिन र २८ पाउन्ड तौल भएको ९।७५ इन्चको प्mलाईव्हील्स थियो । ठूलो इन्जिन र लूप–फ्रेम डिजाइनका कारण यो मोटर–बाएसाइकलको श्रेणीबाट बाहिर भयो र आउँदा वर्षमा एक आधुनिक मोटरसाइकल कस्तो हुनुपर्छ भन्ने परिभाषा दिन मद्दत पुग्यो ।

स्टेट फेयर पार्कमा आयोजित एक मिलवोकी मोटरसाइकल रेस प्रतियोगितामा भाग लिएपछि पहिलो प्रोटोटाइप मेसिन ८ सेप्टेम्बर १९०४ बाट क्रियाशील भयो । ऐतिहासिक अभिलेखमा हार्ले–डेभिडसन मोटरसाइकल यो पहिलो हो ।१९०५ अप्रैलसम्म सीमित आधारमा मोटरसाइकलको उत्पादन सुरू भयो । सो वर्ष हार्ले डेभिडसनका दर्जनमध्ये तीन बाइक बेच्यो ।

१९०६ मा हार्ले र डेभिडसन भाइले आफ्नो पहिला कारखाना चेस्टनट स्ट्रीटमा बनाए । यो स्थान आज हार्ले–डेभिडसनको कार्पोरेट मुख्यालय हो । त्यस वर्ष कम्पनीले करिब ५० ओटा मोटरसाइकल बनायो ।

१९०७ मा विलियम एस हार्लेले मेकानिकल इन्जिनियरिङ पास गरेपछि नयाँ सुविधासहितका १५० ओटा मोटरसाइकल बनाए । त्यसै ताकादेखि उनले आफ्ना  मोटरसाइकलहरु पुलिस विभागलाई बेच्न थाले ।

१९११ सम्म अमेरिकामा लगभग १५० प्रकारका मोटरसाइकल निर्माण भइसकेका थिए । प्रतिस्पर्धाका बावजुद हार्ले–डेभिडसन पहिले नै इन्डियाभन्दा अघि बढी सकेको थियो र १९१४ पछि मोटरसाइकल रेसिङमा हाबी भयो । त्यस वर्ष उत्पादन बढेर १६२८४ थान पुग्यो ।

प्रथम विश्वयुद्ध

१९१७ मा अमेरिकाले प्रथम विश्वयुद्धमा प्रवेश गर्यो र सेनाले युद्धका लागि मोटरसाइकल माग्यो । प्रथम विश्वयुद्धमा पहिलो पटक युद्ध सेवाका लागि मोटरसाइकललाई समावेश गरियो र हार्ले–डेभिडसनले प्रथम विश्वयुद्धताका सैन्य बललाई करीब १५ हजार मेसिन प्रदान गर्यो । १९२१ मा हार्ले–डेभिडसन एक औसत गतिभन्दा माथि १६० प्रतिघण्टाको रेस जित्ने पहिलो मोटरसाइकल बन्यो ।

महामन्दी

४५ घन इन्च मोडलको आरम्भ भएको केही महिनापछि नै महामन्दी सुरु भयो । हार्ले–डेभिडसनको १९२९ मा बिक्री भएको २१ हजार थानबाट घटेर १९३३ मा ३७०३ पुग्यो । यो निराशाजनक स्थितिका बावजुद हार्ले–डेभिडसनले गर्वसाथ १९३४ मा आफ्नो नयाँ श्रेणीको अनावरण गर्यो जसमा आर्ट डेको स्टाइलसहित एक प्लैफ्टहेड समावेस थियो ।

द्वितीय विश्वयुद्ध

महामन्दीबाट बचेको हार्ले–डेभिडसनले द्वितीय विश्वयुद्धमा सेनाका लागि फेरि ठूलो सङ्ख्यमा मोटरसाइकिल उत्पादन गर्यो । पछि आम नागरिकका लागि पनि सुरु गर्यो । यसले दुई पटक सेनाबाट पुरस्कार पनि प्राप्त गर्यो । अमेरिकी सेनाले बीएमडब्ल्यूका विशेषता भएको मोटरसाइकल उत्पादन गर्न भनेपछि बीएमडब्ल्यू इन्जन र ड्राइव ट्रेनको नकल गरेर शप्फ्टचालित ७५० सीसी का हार्ले–डेभिडसन एक्सए बनाए । यो हार्ले–डेभिडसनको एकमात्र शप्फ्टचालित उत्पादन रह्यो ।

युद्ध मुआबजा स्वरुप जर्मन मोटरसाइकलको डिजाइन पाएपछि त्यसलाई रूपान्तरित गरेर बनाइएका बाइक १९४७ देखि १९६६ सम्म बेचे । १९५२ मा आयातित मोटरसाइकलमा ४० प्रतिशत कर लगाउने अमेरिकी सीमाशुल्क आयोगको निर्णयपछि हार्ले–डेभिडसनलाई प्रतिबन्धकको आरोप लगाइयो । १९५०को दशकदेखि १९७०को दशकसम्म अपराधी बाइकर ग्याङमाथि अनेक फिल्महरु बनाएर हलिवुडले पनि हार्लेको छविलाई हानि पुर्यायो ।

१९६९मा अमेरिकी मेसिनरी एन्ड फाउन्ड्रीले यो कम्पनी किनेपछि कर्मचारी सङख्या घटाइयो । त्यसपछि यसको गुणस्तरमा निकै कमी आयो । बिक्री घट्यो र कम्पनी धरासयी बन्यो । यसलाई तथानाम गाली र अपमानजनक शब्दले सम्बोधन गर्न थालियो ।

पुनर्गठन र पुनरुद्धार

१९८१ मा एएमएफले ८० मिलियन डलरमा वोघन बिल्स र विली जी डेभिडसनको नेतृत्वमा १३ निवेशकहरुको एक समूहलाई कम्पनी बेच्यो ।
अस्सीको दशकको प्रारम्भमा हार्ले–डेभिडसनले जापानी निर्माताले अमेरिकामा मोटरसाइकलको अत्यधिक आयात गर्नाले घरेलु उत्पादकलाई हानि पुग्ने दाबी गरे । अमेरिकी अन्तर्राष्ट्रीय व्यापार आयोगद्वारा गरिएको छानबिनपछि राष्ट्रपति रेगनले १९८३ मा आयातित बाइक र ७०० सीसीभन्दा माथि क्षमताका इन्जिनमा ४५ प्रतिशत सीमाशुल्क लगाइदिए ।

जापानीहरुसँग बराबरीको कोसिस गर्नुको सट्टा नयाँ व्यवस्थापनले पहिलेका जस्तै लाग्ने मोटरसाइकल बनाए । ब्रेक, फोर्क, शक्स, कारबोरेटर, विद्युतीय र पाङ्ग्राजस्ता अनेक पार्टपुर्जा आयात गरियो तथा गुणस्तर वृद्धि गरियो । यी सबै कारणले बिस्तारै बिस्तारै ग्राहक आउन थाले र बित्री बढ्दै गई कम्पनी नाफामा जान थाल्यो ।