पहिलो वर्षमै २६ हजार ओटा बिक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ । त्यही जिप कम्पास यो वर्षको नाडा अटो सोको प्रमुख आकर्षण भयो ।
जिप रेङलर
त्यस्तै नेपालमा पहिलो पटक आधिकारिक रुपमा जिपले आफ्नो लेजेन्डरी मोडेल रेङलर पनि नाडामा प्रदर्शनीमा उता¥यो । विश्व बजारमा हेर्ने हो भने जिप रेङलरको ‘लोयालिटी’ उच्च र फ्यान सङ्ख्या तीव्र रुपमा बढ्दो छ । जिप रेङलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ ।
जिप रेङलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्लो पुस्ताका रेङलरहरुले पनि ‘रग्डनेस’लाई कायमै राखेको छ । जिप रेङलर त्यस्ता सीमित सवारीमध्ये पर्छ, जसको पारम्परिक लुक्स र डिजाइन दशकौंसम्म उस्तै कायम राखिएको छ । ठूलो बम्पर, आइकनिक ग्रिल र ठुल्ठूला टायर, यस्तो स्टाइल जिप रेङलरबाहेक अरु कुनै गाडीमा छैन ।
नेपालमा आएको रेङलर अनलिमिटेडमा २.८ लिटरको इन्जिन रहेको छ । ६ सिलिन्डर भएको यो एसयुभीमा ५ स्पिड अटोम्याटिक गियर छ । अलहिवल ड्राइभ रेङलरले ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क उत्पन्न गर्छ ।
जिप कम्पास
नाडा अटोमा संसारकै पहिलो एसयूभी भनेर चिनिने जिप कम्पासले पनि उपभोक्ताको ध्यान खिच्यो ।
अमेरिकी लेजेन्ड जिपलाई एमएडब्ल्यू लाइफले नेपालमा भिœयाएको हो । शक्तिशाली अफरोड एसयूभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो । पहिलो वर्षमै २६ हजार ओटा बिक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ । त्यही जिप कम्पास यो वर्षको नाडा अटो सोको प्रमुख आकर्षण भयो ।
जिप कम्पास ग्रान्ड चेरोकीको प्रिमियमनेस र रेङलरको समिश्रण हो । कम्पासमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल र दुई छेउमा ठूला हेडलाइट छन् । डेलाइट रनिङ ल्याम्पले सडकमा कम्पासको उपस्थितिलाई जबर्जस्त बनाइदिन्छ । बम्परमा फग लाइट र डुअल टोन इफेक्ट पनि देख्न सकिन्छ । यसको एसयूभी प्रोफाइललाई १८ इन्चका ठूला चार ओटा पाङ्ग्राले झल्काउँछ । डिजाइन बोल्ड छ ।
कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ । १.४ लिटरको इन्जिनले १ सय ६२ पीएस र २ सय ५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १ सय ७३ पीएस र ३ सय ५० एनएम टर्क उत्पन्न गर्छ । पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोम्याटिक गियरबक्स छ भने डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल इन्जिन छ । पेट्रोल भेरियन्ट ४ बाई २ सेटअपमा मात्र उपलब्ध भने डिजेल भेरियन्ट ४ बाई २ र ४ बाई ४ दुवैमा उपलब्ध छ । कम्पास स्पोर्ट, लङ्गिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ भने यसको मूल्य ६८.५ लाखदेखि ९६.५ लाखसम्म पर्छ ।