ज्ञान अर्थमुर्भस प्रालिले इटालियन कम्पनीद्वारा निर्मित एसडब्ल्यूएम ब्रान्डका मोटरसाइकल नेपालमा भित्र्याएको छ । नाडा अटो सोको अवसर पारेर कम्पनीले पहिलो पटक एसडब्ल्यूएम ब्रान्डका मोटरसाइकल भित्र्याएको हो ।
अर्थमुर्भस प्रालि एसडब्ल्यूएमको आधिकारिक विक्रेता हो । कम्पनीले तीन मोडलमा एसडब्ल्यूएमका आरएस ३०० आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल अटो सोमा ल्याएको छ । जसको मूल्य क्रमश १६ लाख, २३ लाख र मूल्य १४ लाख ५० हजार तोकिएको कम्पनीले जनाएको छ । डर्ट, क्रुजर तथा एड्भेन्चर टुर बाइकसँग कम्पनीले भित्र्याएको मोटरसाइकलले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
एसडब्यूएमका आरएस ३००आर फरक डर्ट बिशेषताका साथ नेपाल भित्रिएको छ । बाइकमा २९७.६ सीसीको इन्जिन दिइएको छ भने ६ सङ्ख्यामा गीएर, ७.५ लिटर सम्म इन्धन क्षमता राखिएको छ । त्यस्तै सिल्भर भेस ४४० मा ४४५.३ सीसीको इन्जिन, म्याक्सीमम पावर २९.५० एचपी र सात हजार आरपीएम र इन्धन क्षमता २३ लिटर दिएको छ ।
त्यसैगरी कम्पनीले ड्यूअल ६५०टी पनि आकर्षक फिचर सहित नेपाली बजारमा उतारेको छ । ड्यूअल ६५० टीमा ६०० सीसीको इन्जिन दिइएको छ भने म्याकसीमम पावर ५७ एचपी,र इन्धन क्षमता १८ लिटर दिइएको छ । इटालियन कम्पनी एसडब्ल्यूएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् ।
फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित सोरुम र वर्कसपको अलावा चितवन र पोखरामा सोरुम खोल्दैछ ।