सेवामुखी भई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

साल्ट्र ट्रेडिङ कर्पोरेसनको ५६ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले साल्ट ट्रेडिङ कर्पोरेसनलाई आफ्नो उद्देश्यअनुसार सुपथ मूल्यमा उपभोग्य वस्तु निरन्तर आपूर्ति र बिक्री गर्न निर्देशन दिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेवामुखी भावले आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलव्ध गराउन निर्देशन दिएका छन् । साल्ट्र ट्रेडिङ कर्पोरेसनको ५६ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले साल्ट ट्रेडिङ कर्पोरेसनलाई आफ्नो उद्देश्यअनुसार सुपथ मूल्यमा उपभोग्य वस्तु निरन्तर आपूर्ति र बिक्री गर्न निर्देशन दिएका हुन् ।

उनले आवश्यक रासायनिक मल, चिनी, नुन तथा अन्य उपभोग्य वस्तुको सुपथ मूल्य र सहज आपूर्तिका लागि कर्पोरेसनले सेवामुखी रुपमा काम गर्नुपर्ने बताए । त्यस्तै आपूर्ति मन्त्रालयका सहसचिव तथा कर्पोरेसनका सञ्चालक समिति सदस्य नवराज ढकालले कर्पोरेसनले विगतदेखि आफ्नो दायित्व निर्वाह गरेकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि आफ्नो उद्देश्यअनुसार सेवा विस्तार गर्न निर्देशन दिए ।

कर्पोरेसनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारले तय गरेको नीति नियमभित्र रही कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको बताइन् ।

अहिले कर्पोरेसनमा नुनको आपूर्ति ६ महिनाका लागि पुग्ने सञ्चिति छ । सन् २०१६ को सर्भेअनुसार ९४.५ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाले उचित मात्रामा आयोडिन नुनको प्रयोग गरिरहेका थिए । सन् १९८५÷८६ को सर्भेअनुसार ४४. २ प्रतिशत गलगाँड रोगी रहेकामा सन् २००७ मा ०.४ प्रतिशतमा झरेको जनाइएको छ । अहिले सबै प्रकारका नुन परीक्षण गर्दा ९०.७ प्रतिशतमा उचित मात्रामा आयोडिनयुक्त पाइएको छ ।

कर्पोरेसनले आगामी दसैं, तिहार र छठलाई दृष्टिगत गरी विगतका वर्षहरुमा जस्तै सहुलियत दरमा सामानहरुको स्टल राखी बिक्री वितरण गरिने जनाएको छ ।