गाडी किन्ने र बेच्नेहरुको दसैं : नाडा अटो सो (फोटो फिचरसहित)

प्रदर्शनीमा गाडी तथा मोटरसाइकल खरिद गर्ने तथा हेर्नेहरुको भीड बढ्दै गएको छ । व्यवसायी पनि सोरुममा आउने ग्राहकलाई प्रदर्शनीमा राखिएका गाडी तथा मोटरसाइलबारे जानकारी दिन व्यस्त छन् ।

दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन सबैभन्दा उत्तम प्रदर्शनी हो— नाडा अटो सो । सो सुरु भएको आज दोस्रो दिन पनि हो । यहाँ जाँदा लाग्छ, अटो व्यवसायी र सवारी किन्ने ग्राहकलाई दसैं लागेको छ ।

प्रदर्शनीमा गाडी तथा मोटरसाइकल खरिद गर्ने तथा हेर्नेहरुको भीड बढ्दै गएको छ । व्यवसायी पनि सोरुममा आउने ग्राहकलाई प्रदर्शनीमा राखिएका गाडी तथा मोटरसाइलबारे जानकारी दिन व्यस्त छन् ।

प्रदर्शनीमा हुन्डाईले ल्याएको विद्युतीय कार हुन्डाई आयोनिक अवलोकन गर्नेको भिड बाक्लो छ । दुईपाङ्ग्रे सवारीमा पनि होन्डाको क्रुज बाइक नाडा अटो सोको आकर्षणकै रुपमा देखिएको छ । मेलामा विद्युतीय स्कुटर, मोटरसाइकल, नयाँ गाडी हुन्डाई, रेनो, टाटा र महिन्द्राले आफ्ना पछिल्ला इलेक्ट्रिक उत्पादनलाई फरक ढङ्गबाट सार्वजनिक गरेका छन् । यसले पनि अटो सोको रमझम धेरै छ ।

सवारीसाधनको महाकुम्भमेला नाडा अटो सोको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए । अटो सोमा १ सय ३४ स्टल छन् । भदौ ३१ गतेसम्म सञ्चालन हुने मेलामा चारपाङ्ग्रेका नयाँनयाँ गाडी सार्वजनिक भएका छन् । साथै दुईपाङ्ग्रे सवारीसाधन पनि उत्तिकै छन् ।