हुण्डाईको नेक्स्ट जेन भर्ना इन्डियन कार अफ दि एयरबाट सम्मानित

हुण्डाईको नेक्स्ट जेन भर्ना ले बहु प्रख्यात इन्डियन कार अफ दि एयरबाट सम्मानित भएको छ । यो पुरस्कार भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार मानिन्छ ।

यो पुरस्कारले विशेषतया गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारिता र सबैभन्दा माथि ग्राहक सन्तुष्टिलाई आधार बनाएर मूल्याङ्कन गर्छ । यो सहित हुण्डाईले इन्डियन कार अफ दि एयरको आवार्ड ५ पटक जितिसकेको छ ।

विश्वभरि करिब ९० लाख ग्राहक रहेको भर्ना एक उत्कृष्ट सेडान हुनुका साथै सर्वाधिक रुचाइएको गाडी हो । आकर्षक बनोट, अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भर्ना ले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले गरेको छ ।

भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनोट, शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो छ । भर्नाको सुपर बडी स्ट्रक्चर प्रmेमको निर्माणमा प्रतिशत एड्भान्स हाई स्ट्रन्थ स्टिलको प्रयोग रहेको हुँदा भर्नाको प्रदर्शनमा थप बल मिलेको कम्पनीले जनाएको छ ।

हुन्डाइका सम्पूर्ण गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ्ग र १ आर्थिक वर्षको सवारी कर चुक्ता सहित उपलब्ध छन् ।