विगतका बर्षहरुमा जस्तै दशै, तिहार र छठ पर्वलाई दृष्टिगत गरी विभिन्न स्थानहरुमा विभिन्न खाद्य वस्तुको सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, साल्ट्र टेडिङ कम्पनी लगायत सवै प्रकारका व्यवसायी, उद्योगीहरु सँगको प्रारम्भिक बैकठले यस्तो निर्णय गरेको हो ।
आगामी असोज दोस्रो हप्तादवेखि मुलुकभर चाडपर्व लक्षित गरी खाद्य बस्तुको सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । विगतका बर्षहरुमा जस्तै दशै, तिहार र छठ पर्वलाई दृष्टिगत गरी विभिन्न स्थानहरुमा विभिन्न खाद्य वस्तुको सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, साल्ट्र टेडिङ कम्पनी लगायत सवै प्रकारका व्यवसायी, उद्योगीहरु सँगको प्रारम्भिक बैकठले यस्तो निर्णय गरेको हो ।
नेपाल सरकारको निर्देशनमा कर्पोरेसनले असोज दोस्रो हप्तादेखि विभिन्न स्थानहरुमा नुन, चिनी, तेल तथा मलजन्य वस्तुको विक्रि वितरण गरिने सामानहरुको स्टल राखी सहुलियत दरमा विक्रि वितरण गर्न लागिएको साल्ट्र टेडिङ कर्पोरेसनका प्रवक्ता कुमार भण्डारीले बताए । उनले मुलुकका कुन—कुन स्थानमा, कस्तो बजार भाउ र कसरी वितरण प्रणाली अगाडी बढाउने भन्ने विषयमा मन्त्रालय, कर्पोरेसन लगायत अन्य सेवामूखी कम्पनीहरुको दोस्रो बैठकले टुङ्गो लगाउने उनले बताए ।
असोज पहिलो हप्ताभित्र सर्वपक्षीय बैठक बसी सहुलियत दरमा उपभोग्य वस्तु तथा सामानहरु विक्रि वितरण बारे निर्णय हुने भण्डारीले बताए ।