नयाँ संस्था खाेल्न जुटे प्रदेश एकका उद्याेगी

महासङ्घ व्यक्तिगत स्वार्थमा लागेकाे र यसले उद्याेगीकाे समस्या समाधान गर्नु कुनै पहल नगर्ने निश्कर्ष सहित नयाँ संस्थाकाे परिकल्पना गरेकाे माेरङ व्यापार सङ्गठनका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए । 

नेपाल उद्याेग वाणिज्य महासङ्घले निरन्तर उपेक्षा गरेकाे भन्दै एक नम्बर प्रदेशमा उद्याेगी तथा व्यवसायीहरू छुट्टै संस्था खाेल्ने तयारीमा पुगिसकेका छन् । महासङ्घ व्यक्तिगत स्वार्थमा लागेकाे र यसले उद्याेगीकाे समस्या समाधान गर्नु कुनै पहल नगर्ने निश्कर्ष सहित नयाँ संस्थाकाे परिकल्पना गरेकाे माेरङ व्यापार सङ्गठनका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

 नयाँ संस्था खाेल्ने बारेमा प्रदेश नम्बर एकका व्यवसायीसाथीसँग निरन्तर छलफल भइरहेकाे छ । प्रमुख अाैद्याेगिक क्षेत्रका उद्याेगीलार्इ महासङ्घले जहिले पनि उपेक्षा गरेकाले नयाँ संस्थाकाे परिकल्पना गर्नुपरेकाे उनकाे भनाइ छ ।