नाडा अटो सोमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्रान्डको थन्डरबर्ड ३५० एक्समोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी सार्वजनिक गरेको हो ।
रोयल इन्डफिल्ड ब्रान्डको थन्डरबर्ड ३५० एक्समोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी सार्वजनिक भएको छ । नाडा अटो सोमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्रान्डको थन्डरबर्ड ३५० एक्समोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी सार्वजनिक गरेको हो ।
रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइक भृकुटीमण्डपस्थित चलिरहेको नाडा अटो सोमा हिजो सार्वजनिक गरेकोे हो । उक्त बाइक रोयल इन्फिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीका ब्रान्ड म्यानेजर अनुज मल्लले जानकारी दिए ।
आकर्षक डिजाइनको उक्त थन्डरबर्ड एक्स बाइक बीएस फोर मोडल, ट्युबलेस टायर, अलो ह्विल, ह्यान्डलबारका साथै सेतो तथा रातो रङमा उपलब्ध छ । क्लासिक गन मेटल ग्रेतर्फ बीएस फोर मोडल, डबल डिस्क, ब्राउन सिट कभर विशेषता रहेको कम्पनीले जानकरी दिएको छ ।
सार्वजनिकलगत्तै सोही रोयल इन्डफिल्ड ब्रान्डको थन्डरबर्ड ३५० एक्स मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाइकको बिक्रीवितरण सुरु भएको कम्पनीको भनाइ छ ।