लामो समयदेखि ढुवानी भाडा नबढेको र तत्काल भाडादर पुनरवलोकन नगरे नेपालमा ग्यास ढुवानी नगर्ने पत्र पठाएका छन् । हाल ट्रान्सपोर्टरले प्रतिसिलिन्डर ८७ रुपैयाँ पाउँदै आएका छन् ।
साबिकको भाडादर वृद्धि नगरे ग्यास आपूर्ति ठप्प पार्ने चेतावनीसहित ट्रान्सपोर्टरले ग्यास उद्योगलाई धमाधम पत्र काटेका छन् ।
लामो समयदेखि ढुवानी भाडा नबढेको र तत्काल भाडादर पुनरवलोकन नगरे नेपालमा ग्यास ढुवानी नगर्ने पत्र पठाएका छन् । हाल ट्रान्सपोर्टरले प्रतिसिलिन्डर ८७ रुपैयाँ पाउँदै आएका छन् । यदि थप १७ रुपैयाँ वृद्धि नगरिए ग्यास ढुवानी नगर्ने ट्रान्सपोर्टरले नेपाल एलपी ग्यास उद्योग सङ्घलाई पत्र पठाएका हुन् ।
डिजेलको मूल्य निरन्तर बढेको र त्यसअनुसार ढुवानी भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले तत्काल भाडा बढाउन पत्र पठाएका हुन् ।मुल्य, संचालन ख़र्च , डिलर कमिसन , उधोगको कमिशन / पेट्रोल डिजेल मा जस्तै स्वचालित हुनु पर्ने र घट्दा घट्ने, बढता बढ़ी हुने व्यवस्था हुनु पर्ने लागू गर्नुपर्ने व्ययवसायीकाे भनाइ छ
एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुलप्रसाद भण्डारीका अनुसार यदि तत्काल ढुवानी भाडा पुनरवलोकन गर्न नसकिए मुखैमा आइपुगेको दसैं तथा तिहारमा ग्यासको हाहाकार हुन्छ ।
ट्रान्सपोर्टरले धेरैजसो उद्योगालाई अक्टोबर एक तरिकबाट ग्यास ढुवानी नगर्ने पत्र पठाइसकेका छन् । सरकारले तत्काल भाडादर वृद्धि नगरे ग्यास हाहाकार हुने उनको भनाइ छ ।
नेपाल आयल निगमले बरौनीबाट ग्यास ढुवानी गरेबापत प्रतिसिलिन्डर ८७ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यसैका आधारमा प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) उपलब्ध गराउने गरेको सङ्घले जनाएको छ । ८७ रुपैयाँलाई आधार मानेर भाडादर तय हँुँदै आएको छ । बरौनीभन्दा टाढा रहेका रिफाइनरीको हकमा धेरै भाडादर तय हुन्छ । तर, अहिले ट्रान्सपोर्टरले ८७ रुपैयाँमा १७ रुपैयाँ बढ्नुपर्ने माग राखेर पत्र पठाएका हुन् ।
ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार छ । नेपाली व्यवसायीले ग्यास बुलेट राख्नका लागि आवश्यक प्रक्रिया बढाए पनि सरकारी पक्षको उदासीनका कारण सम्भव हुन नसकेको सङ्घका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।
‘व्यवसायी एक्लै लडेर केही भएन,’ घिमिरेले भने, ‘सरकारले थोरै मात्रै पहल गरेको भए आज नेपाली व्यवसायीसँग ग्यास बुलेट हुन्थ्यो । यस्तो अप्ठ्यारो स्थिति आउँदैनथ्यो ।’ ग्यास ढुवानीमा भारतीयहरुको एकाधिकार भएकाले उनीहरुले अप्ठ्यारो पारेको घिमिरेको भनाइ छ ।