नाडा अवलोकन गर्ने कुपन नम्बर ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५० र ०२६६३९ का अवलोकनकर्ताले डोर प्राइजका रुपमा कुल प्याड मोबाइल जितेका छन् ।
आइतबार सम्पन्न नाडा अटो सोमा पाँच अर्ब रुपैयाँको कारोबार भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवम् ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले आयोजना गरेको अटो सोमा दुई हजार चार सय सवारी साधन बुकिङ भएको जनाएको छ ।
मेलामा चारपाङ्ग्रे सवारीसाधनको स्टल फक्सवागेनका लागि नेपालको आधिकारिक बिक्रेता पूजा इन्टरनेसन नेपाल प्रालि उत्कृष्ट भएको छ । यसैगरी दुईपाङ्ग्रे सवारीसाधनको स्टल टीभीएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स उत्कृष्ट भएको छ । अटो पार्टस, ब्याट्री, टायर र लुब्रिकेन्ट्सका तर्फबाट रीता अटोमोबाइल्स प्रालिले जितेको उल्लेख छ ।
नाडा अवलोकन गर्ने कुपन नम्बर ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५० र ०२६६३९ का अवलोकनकर्ताले डोर प्राइजका रुपमा कुल प्याड मोबाइल जितेका छन् । यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता थियो भने साना ठूला गरी एक सय ३४ ओटा ब्लक तथा स्टल रहेको नाडाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
मेलामा १९ ओटा ब्रान्डका चारपाङ्ग्रे तथा २० ओटा ब्रान्डका दुईपाङग्रे सवारीसाधन थिए ।